Aamsanchar

रावाबेसी गाउँपालिकामा विद्युतको मासिक महसुल घटाइयो

Author Image
मङ्गलवार, साउन ३, २०७९

खोटाङ – खोटाङको रावाबेसी गाउँपालिकामा सञ्चालित सामुदायिक विद्युत् वितरण केन्द्रले विद्युतको मासिक महसुल घटाएको छ ।

सामुदायिक विद्युत् वितरण केन्द्र दुवेकोलले विद्युतको मासिक ८० रुपैयाँ महसुल उठाउँदै आएकोमा ३० रुपैयाँले महसुल घटाएको हो ।

सामुदायिक विद्युत् वितरण केन्द्रका अध्यक्ष लिलानाथ निरौलाको अध्यक्षतामा दुवेकोलमा बसेको बैठकले १ साउनदेखि लागू हुने गरी मासिक ५० रुपैयाँका दरले महसुल उठाउने निर्णय गरेको हो ।

सामुदायिक विद्युत् वितरण केन्द्रबाट रावाबेसी गाउँपालिकाको कुभिन्डे, डुम्रेधारापानी र दुवेकोल तथा ऐँसेलुखर्क गाउँपालिकाको ज्यामिरे र महेश्वरीका सेवाग्राहीले विद्युत् उपभोग गर्दै आएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 81

प्रतिक्रिया (०)

सम्बन्धित खबर