Aamsanchar

झापामा आगलागी हुँदा ६ घर जलेर नष्ट

Author Image
बुधवार, साउन ४, २०७९

झापा – झापा गाउँपालिका–५ सिमलडाँगीमा विद्युत् सर्ट भई आज बिहान आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन् । स्थानीय अब्दुल करिब अली, अब्दुल जुलास अली, अमुल अली, अनावर अली, स्माइल अली र सामेद अलीको घर पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अब्दुल करिब अलीको घरमा विद्युत् सर्ट भई आगलागी भएपछि अन्य छिमेकीको घरमासमेत आगो सल्केको हो ।

आगलागीबाट अबदुल कोरिम अलीको टिनको छाना, बाँसको टाटीबेराले बनेको एकतले घर र घरभित्र रहेका लत्ता–कपडा, अन्नपात,भाँडावर्तन गरी ३ लाख,
अब्दुल जुलास अलीको टिनको छाना, बाँसको टाटीबेराले बनेको एकतले घर र घरभित्र रहेका लत्ता–कपडा, अन्नपात,भाँडावर्तन गरी ३ लाख,अमोर अली टिनको छाना, बाँसको टाटीबेराले बनेको एकतले घर र घरभित्र रहेका लत्ता–कपडा, अन्नपात,भाँडावर्तन गरी २ लाख ५० हजार , अनाबर अलीको टिनको छाना, बाँसको टाटीबेराले बनेको एकतले घर र घरभित्र रहेका लत्ता–कपडा, अन्नपात,भाँडावर्तन गरी ३ लाख ५० हजार , ईस्माइल अलीको टिनको छाना, बाँसको टाटीबेराले बनेको एकतले घर र घरभित्र रहेका लत्ता–कपडा, अन्नपात,भाँडावर्तन गरी ३ लाख ७५ हजार र समित अलीको टिनको छाना, बाँसको टाटीबेराले बनेको एकतले घर र घरभित्र रहेका लत्ता–कपडा, अन्नपात,भाँडावर्तन गरी ४ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय कुमरखोदबाट प्रहरी नायव निरीक्षकको कमाण्ड र प्रहरी चौकी शरणामतिबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली खटिगई स्थानीय समेतको सहयोगमा आगो बिहान ५.३० बजे पूर्णरुपमा निभाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 477

प्रतिक्रिया (०)

सम्बन्धित खबर