Aamsanchar

रोङका साना किसान रत्नको कृषि कर्म, तरकारीबाट बार्षिक लाखौं आम्दामी

Author Image
आइतवार, साउन ८, २०७९

नेपालमा कृषि पेशा बाट खासै आम्दामी हुदैन्, के गर्नु खेती भनेर निरासाजनक गफगर्दै हिड्नेहरु पनि यही समाजमा रहेका छन् । कृषि पेशाबाट राम्रै आम्दामी गरेर खुसीका साथ आफ्नो परिवार चलाउने साना कृषकहरु पनि यही समाजमा धेरै छन् । त्यस्तै एक कृषक हुँन् इलाम रोङ गाउँपालिका ४ किटेनीका रत्न लेप्चा ।

उत्तर दक्षिण मेची राजमार्ग अन्र्तरगत पर्ने किटेनी भन्ने ठाउँबाट पूर्व पट्टिको भिरालो गहिरो ठाउँमा बाह्रै महिना कृषि कर्ममा मस्त रहदै आएका रत्न लेप्चा ठुलो क्षेत्रफलमा कृषि गर्ने कृषक होइनन् । उनी साना कृषक हुन्, तर व्यवसायिक कृषक हुन् । रत्न लेप्चाको आफ्नो घर बाहेक १३ रोपनी जग्गा रहेको छ । रत्नले त्यो जमिनलाई सदुपयोग गरेर मौसमी र वेमौसमी तरकारी खेती गर्दै आएका छन् ।

यतीवेला रत्नको बारीमा करेला फलेको छ । काक्रा भने उनले बिक्री गरिसकेका छन् । काक्रा मात्र एक लाख रुपैंया भन्दा धेरै मुल्यमा बिक्री गरेको उनिले प्रफुल्ल मुद्रामा बताए । उनको बारीमा यतीवेला टमाटर, खोर्सानी, सिवी, अम्रिसो, अधुवालगायतको बालीहरु कतै लहलह भएका छन् त कतै फल लागेर कान्लामा झुली रहेका छन् । एक बर्षमा रत्नले कती रुपैंयाको तरकारी बिक्री भयो भनेर उनले एकिन हिसाव राखेका छैनन्, तर सरदर पाँच लाखको तरकारी जन्य बस्तुहरु विक्री गर्ने गरेको कृषक रत्नले बताए ।

टनेल बनाएर लगाईएको करेला लटरम्भ भएर फल्नेक्रम सुरु भएको छ । रत्नले दुई लटमै १५ हजार रुपैंया करेला बाट समाएका छन् । रत्न कृषक मात्र बनेर आफ्नो उत्पादन कुन व्यापारीले किनिदेला भनेर भर परेर बस्ने कृषकमा पर्दैनन्, उनि आफूले उत्पादन गरेको वस्तु उपभोक्ता समक्ष पुर्याएर आफै बेच्ने गरेका छन् । त्यसो गर्दा विचौलियाले खाने आम्दामी पनि रत्नकै गोजीमा पर्ने गरेको छ ।

पुर्खाको पालादेखि तरकारी खेती गर्दै आएको रत्न लेप्चाको ७ जनाको परिवार रहेको छ । कृषि कर्ममा भने उनि र उनकी श्रीमती खटिने गरेका छन् । उनका बुवा पहिलेका नामी कृषक हुन् अहिले वृद्ध अवस्थामा रहेका छन् काम गर्न सक्दैनन् । चारजना छोराछोरीहरु विद्यार्थी हुन् ।
रत्नलगायत उनका अरु दुई दाजुभाईहरुले पनि कृषि पेशा नै गर्दै आएका छन् । सो ठाउँमा हजुरबुवा देखि अहिले सम्म आईपुग्दा चार पुस्ता एक सय बर्ष भन्दा धेरै समय यसै ठाउँमा बसोबास गर्दै आएको रत्न लेप्चाको भनाई रहेको छ ।

पहाडको जमिन त्यसै रसिलो जता जे लगायो त्यतै फलीहाल्ने भएकाले तराईमा भन्दा पहाडमा तरकारी खेती राम्रो हुने गरेको छ । पछिल्लो बर्ष वेमौसमी बन्दाकोपीको उत्पादनको मुख्य उर्भरभूमी पूर्वमा इलाम र धनकुटा बनेको छ । त्याहाँबाट मात्र बार्षिक करोडौंको तरकारी उत्पादन हुने गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 471

प्रतिक्रिया (०)

सम्बन्धित खबर