Aamsanchar

हेपाटाइटिस सङ्क्रमणको तथ्याङ्क

सुयोग ढकाल

विश्व हेपाटाइटिस दिवसको पृष्ठभूमि
हरेक वर्ष जुलाई २८ तारिखको दिनलाई विश्व हेपाटाइटिस विरुद्ध जनचेतना फैलाउने दिवसका रूपमा लिइन्छ । भाइरल हेपाटाइटिसको जोखिम कम गर्दै विश्वलाई स्वस्थ बनाउने अभियानमा विश्वभरका मानिसहरू एक जुट हुने दिन हो, आज । खतरनाक स्वास्थ्य समस्या मानिएको ‘हेपाटाइटिस’ आधुनिक युगमा पनि उत्तिकै विकराल रूपमा देखापरी रहेको छ ।

सन् २०२२ मा भने हेपाटाइटिस दिवसको नारा चाहिँ Can’t Wait’हो । जसको अर्थ ‘हेपाटाइटिस विरुद्धको उपचारमा अब म पर्खिन्न’ भन्ने हो ।

हेपाटाइटिस सङ्क्रमणको तथ्याङ्क
विश्व स्वास्थ्य संस्थाको तथ्याङ्क हेर्ने हो भने, संसारभर ठुलो सङ्ख्यामा मानिसहरू भाइरल हेपाटाइटिस ‘बी’ र ‘सी’ बाट ग्रसित छन् । यो रोगबाट ग्रसित हुने १० जनामध्ये ९ जना यस रोगबारे अनभिज्ञ रहने पनि तथ्याङ्कले देखाउने रहेछ ।

यस्तो रोगबारे केही थाहा नहुनुले यो रोगले समस्या विकराल रूप थप सघाउ त पुर्याउने नै भयो । यस्तो अनभिज्ञता र अज्ञानता हटाउनुपर्छ मान्यता स्वरूप जनचेतना जगाउने अभियान सुरु भएको हो । हामी मध्ये कति जनालाई यो रोगबारे थाहा छ त रु

एचआइभी एड्स, मलेरिया, क्षयरोग जस्तै यो रोग पनि विश्वभरिका मानिसहरूलाई मृत्युको सिकार बनाउने डरलाग्दो रोग हो । हेपाटाइटिस ‘बी’ र ‘सी’ लागेर हरेक वर्ष १३ लाख मानिसको मृत्यु हुने गरेको तथ्याङ्कले देखाउँछ ।

हेपाटाइटिस का प्रकारहरू
कलेजोको क्यान्सर हुन दिन यो रोगको भाइरसले मुख्य योगदान गर्छ । हेपाटाइटिस भनेकै भाइरल सङ्क्रमणका कारण कलेजो सुन्निनु हो । हेपाटाइटिस मुख्य गरी पाँच किसिमका हुन्छन्स् ‘ए, बी, सी, डी र इ’ । यी पाँच किसिमका हेपाटाइटिसहरू घातक र मृत्युको काल सरह मानिन्छन् । एचआइभी एड्स, मलेरिया र क्षयरोग भन्दा हेपाटाइटिस  ‘बी’‘सी’ का कारणले वार्षिक धेरै मानिसहरूको मृत्यु हुने गर्छ । कलेजोको क्यान्सरले मृत्यु हुने ३ मध्ये २ हेपाटाइटिसका रोगी हुने गर्छन् ।

हेपाटाइटिसलाई विश्वकै खतरनाक रोगमध्येको मानिनु को अर्को मुख्य कारण के पनि रहेछ भने हेपाटाइटिस ‘बी’‘सी’ लाई मौन महामारी नै भनिँदो रहेछ । यसले मुख्य गरी बालबालिका र सीमान्तकृत समूहलाई नै बढी पिरोल्ने गर्दो रहेछ ।

लागूपदार्थ दुर्व्यसनी, एचआइभी सङ्घर्षरत मानिसहरू, प्रवासीहरूमा हेपाटाइटिसले बढी सताउने गरेको देखिन्छ । अझ हेपाटाइटिस ‘बी’ लागेका ९०५ मानिसहरू र हेपाटाइटिस ‘सी’ भएका ८०५ मानिसहरूलाई त आफूमा यो रोग लागेकोबारे अनभिज्ञ रहने र नजानेरै अरूमा यो रोग सार्ने गरेकाले पनि यसलाई एचआइभी र अन्य रोगहरू सरह घातक रोग मानिन थालिएको रहेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 60

प्रतिक्रिया (०)

सम्बन्धित खबर