Aamsanchar

जिल्ला प्रहरी झापामा १६९५ वटा मुद्धा दर्ता

Author Image
बिहिवार, साउन १२, २०७९

जिल्ला प्रहरी कार्यालय झापाले आर्थिक बर्ष २०७८/०७९ को कार्य प्रगति विवरण सार्वजनिक गरेको छ । आज प्रेस विज्ञप्ती मार्फत एक बर्ष भित्र गरेको कामहरुको विवरण सार्जजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालयले कर्तव्य ज्यान मुद्धा संख्यालाई अग्रस्थानमा राखेको छ । जसमा एक बर्षमा कर्तव्य ज्यान मुद्धा १६, ज्यान मार्ने उद्योगमा २७, आत्महत्याका घटना ३१४,जबरजस्ती करणी ९७,जबरजस्ती करणी उद्योग २५ वटा मुद्धा हेरेको थियो । त्यसैगरी लागू औषध २००, हातहतियार तथा खरखजाना ४,अभद्र व्यवहार २५७, बहुविवाह ३६, सवारी ज्यान १०५, ठगी २४,मानव वेचविखन ५ र अन्य गरी जम्मा १६९५ वटा मुद्धा हेरेको छ । प्राप्त विवरणमा १२७४ प्रतिवादी पक्राउ र ३२४ जनालाई खोज तलास गरिरहेको बताइएको छ ।

लागुऔषध सम्बन्धी बिबरण बिबरणमा डाईजापाम ४८०, एम्पुल, लुपिजेसिक ६९० एम्पुल, फेनारगन ६०७ एम्पुल, नाईट्रोसन/नाइट्रोभेट १५५४/१३७९ चक्की, ब्राउन सुगर १.४१ किलोग्राम, गाँजा ४१ किलो २५ ग्राम, ESKUF  ७५ वोटल, अफीम ११ ग्राम, अफिम चरेश ६ ग्राम, Propranolol  १७६ चक्की, ऐल्टोरेक्स ५ बोटल, Spasm proxying  ४४९ चक्की, अन्य १३६५ लागुऔषध चक्की मरामत गरेको छ । आगुऔषध सम्बन्धी २०० वटा मुद्धा दर्ता भएको र ३०७ जना व्यीक्तिहरुलाई पक्राउ गरिएको छ ।

त्यस्तै यौनजन्य अपराधको बिवरणमा जवरजस्ती करणी ९६ मानव वेचबिखन १, कसुरजन्य कार्यमा १, अप्राकृतिक मैथुन १, बालयौन दुरुपयोग २४, जवरजस्ती करणी उधोग २५ गरि जम्मा १४८ वटा मुद्धा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जसमा १२७ अभियुक्त पक्राउ र ३१ जनाको खोजतासी भईरहेको छ ।

सर्बोच्च अदालत काठमाण्डौको फैसला कार्यन्वयन निर्देशनालय र जिल्ला अदालत झापाको निर्देशन फैसला कार्यन्वयन बिशेष अभियानमा जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यनयनको लागि खटिएको प्रहरी टोलिले बिभिन्न घटना तथा अपराधिक कृयाकलापमा संलग्न रही तत्काल फरार रहेका प्रतिबादीहरुलाई अदालतबाट भएको फैसला बमोजिम फैसला कार्यन्वयनको लागी २२४ जना पक्राउ र १ करोड ६८ लाख ५२ हजार ४ सय ८० जरिवाना रकम उठाएको छ भने १६२ बर्ष ७ महिना १९ दिन कैद सजाय भएको छ ।

अवैध काठ तस्करी मुद्धा तर्फ १२ सय ६८ किवी फुट काठ, १३ वटा सवारी साधन बरामत र १२ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी झापाले नदिजन्य पदार्थ उत्खनन् नियन्त्रण तर्फ अवैध रुपमा संचालित ५६ वटा ट्रयाक्टर, ३ वटा ट्रक, ७ वटा टिपर, ४ वटा जेसीभी गरि जम्मा ७० वटा ढुवानी साधन नियनत्रणमा लिएको र ५ जना व्यक्तिलाई पक्राउ गरेको विज्ञप्तीमा उल्लेख छ । त्यसैगरी अवैध सामान नियन्त्रण र भन्सार दाखिला सम्बन्धीमा ५,८५,२५,०४३ वटा बस्तुहरु नियन्त्रण तथा भन्सार दाखिला गरिएको प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 33

प्रतिक्रिया (०)

सम्बन्धित खबर