Aamsanchar

एक हजार रुपैयाँ चोरेको निहुँमा श्रीमतीको हत्या गर्ने पक्राउ

Author Image
बिहिवार, साउन १२, २०७९

बुटवल । रुपन्देहीमा पत्नी हत्याको आरोपमा एक जना पक्राउ परेका छन् ।

रुपन्देहीको कञ्चन गाउँपालिका–१ डेलरका ३३ वर्षका यमबहादुर थापाले एक हजार रुपैयाँ चोरेको रिसमा कुटपिट गर्दा ३१ वर्षकी पत्नी सावित्री थापा क्षेत्रीको मृत्यु भएको खुलेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार सावित्रीले साउन १० गते साँझ दराजमा श्रीमानले राखेको एक हजार रुपैयाँ झिकेकी थिइन् ।

राति २ बजे यमबहादुरले पैसा गन्दा एक हजार कम भएपछि श्रीमतीलाई उठाई किन नसोधी पैसा झिकेको भनी कुटपिट गर्दा मृत्यु भएको खुलेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए ।

यमबहादुरलाई ज्यानसम्बन्धी कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न अदालतबाट अनुमति लिइसकेको मरासिनीले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 482

प्रतिक्रिया (०)

सम्बन्धित खबर