Aamsanchar

बैंकिङ्ग कसुर मुद्दा : रतुवामाईका फरार प्रतिवादी धरानबाट पक्राउ

Author Image
बिहिवार, साउन १२, २०७९

विराटनगर। बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका वडा ६ घर भई हाल सुनसरी धरान उप- महानगरपालिका ९ बस्ने ३२ बर्षीय लक्ष्मण कार्की रहेका छन् ।

कार्कीलाई प्रदेश १ प्रहरी कार्यालय विराटनगर बाट खटीएको प्रहरी टोलिले खोजतलास गर्ने क्रममा आज धरान उप-महानगरपालिका१२ छाताचोकमा लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरेको हो ।

फरार रहेका कार्कीको बैकिङ कसुर मुद्धामा उच्च अदालत विराटनगरको मिति २०७७ पुष २७ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः २ दिन कैद र ९ लाख ५० हजार जरीवाना तोकेको छ । लगत नं ७६१ मा कैद तथा जरीवाना बेरुजु रहि असुल गर्न बाँकी रहेको थियो । पक्राउ परेका कार्कीलाई सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागी झुम्का कारागार पठाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर