Aamsanchar

आज गुँला पर्व, यस्तो छ पृष्ठभूमि

Author Image
शुक्रवार, साउन १३, २०७९

फोटो श्रोत: १२ खरी

गुँला पर्वमा सबैलाई स्वागत
वर्षाको मादकता अनि जोखिम दुवै आफ्नो चरमोत्कर्ष मा छ , धानको रोपाई कतिको सकियो कुन्नि रु जे होस् जसो होस्, यस वर्षको यस महिना अनि विशेषतः बर्खाको मध्यान्तरपछि आउने गुँला पर्वमा सबैलाई स्वागत ।

गुँला पर्वको पृष्ठभूमि
यस गुँला महिनामा गुँला पर्व नेवास् समुदायमा विशेष रूपमा अनि काठमाडौँ उपत्यका लगायत अन्य केही नेवास् समुदायको बाहुल्यता भएका ठाउँमा मनाइन्छ । नेवास् समुदायका बौद्ध मार्गी परिवारमा यस पर्वको उल्लास अझ बढी आत्मिक अनि चिन्तनगत रूपमा रहेको पाइन्छ, भगवान् बुद्ध अनि वहाँका अनुयायीहरू दिव्य प्रवचन अनि ज्ञानको प्रचारमा जाँदा बर्खाका समयमा यात्रा नगरी एकै ठाउँमा बस्ने भएकाले यस पर्वलाई बर्खा अनि ज्ञानको एउटा सङ्गम पनि मानिने गरिन्छ । विशेष गरी नेवार समुदायले मनाउने गुँला पर्वमा बिहान स्वयम्भू भगवानको दर्शन गर्न जाने परम्परा रहिआएको छ ।

द्यः थायेगु
आज काठमाडौँ उपत्यकाका चोक चौराहहरुमा विशेष गुँला सङ्गीतको श्रवण गर्न सकिन्छ भने विभिन्न गुम्बा, मन्दिर अनि आत्मिक स्थलमा भक्तजनको आवागमन धेरै रहन्छ । बहीद्यः स्वःवनेगु नेवास् सस्कृतीको अनन्य पाटो हो जहाँ अघिअघि बाजा अनि सङ्गीत अनि पछि पछि भक्तजनहरू हुन्छन्, आजका दिनमा यस्ता झाँकीहरू प्रशस्तै देख्न सकिन्छ, काठमाडौँ उपत्यकामा । द्यः थायेगु आजको विशेष क्रियाकलापमा पर्दछ, आज कालो माटोलाई प्रयोग गरेर कालो काँचो माटोले ससाना स्तुपा बनाउने चलन रहन्छ । काठमाडौँ र ललितपुरमा पन्जारा अर्थात् बुद्ध लगायत अन्य साधु सन्तको प्रतिमा अनि भगवानको प्रतिनिधित्व गर्ने खटलाई सहरमा घुमाउने अनि चामल लगायतका बस्तु जम्मा गर्ने चलन पनि छ । बौद्ध मार्ग एउटा सन्तुलनको वकालत गर्ने दर्शन हो जहाँ दान अनि शान्ति लगायत आत्मिक चिन्तनलाई धेरै महत्त्व दिने गरिन्छ ।

दिपनंकर बुद्ध अनि पौवका प्रतिमाहरू यस दिनमा विशेष गरिन्छ, हुन त गुँला एक दिनको मात्र चाड त हैन यस चाडलाई चन्द्रमानका विभिन्न तिथिमा विभिन्न प्रकारले मनाइन्छ । बर्खाको अन्त्य सगैं आउने खुला आकाश अनि सफा बादलका टुक्राहरूमा आआफ्ना दिनचर्याका खाका गज्जबले कोरौँ, सबैलाई शुभकामना ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर