Aamsanchar

भगवान विष्णुको दसौं अवतार कल्की 

Author Image
बुधवार, साउन १८, २०७९

सनातन दर्शनमा मनाइने पौराणिक दिवसहरुमा कल्की जयन्ती पनि एउटा दिवस हो । करिब ३००० वर्ष अगावै बाट यस दिवस मनाइन थालेको प्रमाण छ । श्रावण शुक्ल षष्ठिका दिन सेतो रंगको घोडामा बिराजमान भएर सबै देवदेवताका साथ कल्की भगवान धर्तिमा अवतरण गर्ने जनविश्वास छ । यसै आगमनको आशामा हरेक वर्ष श्रावण शुक्ल पञ्चमीमा कल्की जयन्ती मनाइने गरिन्छ । भगवान विष्णुको यो अवतार ६४ ओटा कलाले युक्त हुन्छ। पुराण अनुसार भगवान विष्णुको यो अवतारले एकजना तपस्वी ब्राह्मणको घरमा पुत्रको रुपमा जन्म लिनेछन् भने देवदत्त नामक घोडामा सवार भएर संसारमा पापिहरुको विनास गर्नेछन् ।

कतिपय जनविश्वास का अनुसार भगवान विष्णुको दशौ तथा अन्तिम अवतार ‘कल्की अवतारू भविष्यमा आजकै दिन यस कलियुगमा जन्म लिने धार्मिक मान्यता छ। आजको दिन (श्रावण शुक्ल पञ्चमी) अर्थात् कल्की जयन्तीले भगवान विष्णुको यो अन्तिम अवतारको जन्म हुनलागेको याद दिलाउछ। कलियुगमा अधर्म बढ्न थालेपछि कल्की अवतारले जन्म लिएर सबै पापीहरुको विनास गरेर पुन एकपटक यो मानव जगतलाई धर्मको मार्गमा पुनर्स्थापित गराउने धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ। कृष्णको झैं पहेंलो वस्त्रमा धर्तिमा पर्दापण हुने कल्कीको जन्म र कर्म बारे भागवत गीतामा सप्रमाण व्याख्या समेत गरिसकेको पाइन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 471

प्रतिक्रिया (०)

सम्बन्धित खबर