Aamsanchar

समाजसेवी थापाले प्रदेश सांसदका लागि उम्मेदवारी दिने 

Author Image
बिहिवार, साउन १९, २०७९

बिर्तामोड । सामाजिक व्यक्तित्वको परिचय बनाएका झापा कनकाईका शेरबहादुर थापाले आगामी निर्वाचनमा झापा क्षेत्र नं. २ को प्रदेश (ख) बाट प्रदेश सांसद लागि  उम्मेदवारी दिने घोषणा गरेका छन् ।
थापाले सामाजिक सञ्जाल मार्फत आफ्नो उम्मेदवारी रहने घोषणा गरेका हुन ।

थापा गत जेठमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कनकाई नगरपालिकाबाट मेयर पदमा उम्मेदवारी दिएका थिए । उनी सम्मानजनक मत ल्याएर उपविजेता बनेका थिए ।

दिनदुःखीको सहारा बनेर सामाजिक कार्यमा निरन्तर लागि रहेका थापाले यस अघि नगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका थिए भने प्रदेश निर्वाचनमा पनि स्वतन्त्रबाटै उम्मेदवारी दिने संकेत गरेका छन् ।

सरकारले आगामी मंसिर ४ गते निर्वाचनको मिति सार्वजनिक गरेकै दिन थापाले पनि प्रदेश सांसदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्नुले उनी निर्वाचन प्रति निक्कै उत्साहित रहेको बुझिन्छ । 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
7
+1
1
+1
0
+1
0
+1
2
+1
2
+1
0
Views: 1473

प्रतिक्रिया (०)

सम्बन्धित खबर