Aamsanchar

रेडक्रस झापाद्वारा झापा गाउँपालिकाका पाँच बाढी विस्थापित परिवारलाई राहत वितरण

Author Image
बिहिवार, साउन १९, २०७९

झापा । रेडक्रस झापा शाखाले झापा गाउँपालिका १ मिलन बस्तीमा माईखोला ले विस्थापित गराएका पाँच परिवारलाई राहत वितरण गरेको छ ।

रेडक्रसले आज स्थलगत निरीक्षण गरेर तत्कालको लागि भाँडाकुँडा, कपडा, त्रिपाल र म्याट वितरण गरेको रेडक्रस सभापति लोकराज ढकालले बताए ।

विस्थापित परिवारमा कौशल टुडु सहित पाँच जना, मैया लाल हास्दासहित चार जना, सर्मेन मुर्मुसहित चार जना, सागर मुर्मुसहित तिन जना र सोम हास्दासहित चार जनाको परिवार गरि जम्मा २० जना रहेका छन् ।

निमित्त प्रमुख जिल्ला अधिकारी   चोमेन्द्र न्यौपाने, प्रहरी उपरीक्षक विश्वमणी पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक प्रदीपसिंह कार्कीले पनि बाढी पीडितहरूको अबस्था बारेमा जानकारी लिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 424

प्रतिक्रिया (०)

सम्बन्धित खबर