Aamsanchar

 सार्वजनिक भयो सामाजिक भिडियो ‘म टुहुरी’

Author Image
शनिवार, साउन २१, २०७९

बिर्तामोड । रमा अधिकारीको ‘म टुहुरी’ गीत सार्वजनिक भएको छ । आमा बाबु गुमाएर टुहुरो बनेका छोरा-छारीको कथामा आधारित गीत पूर्वेली इन्टरटेनमेन्ट युट्युब च्यानल मार्फत उक्त गित सार्वजनिक भएको हो । राजन क्षेत्रीको शब्द सङ्गीतमा निर्माण गरिएको उक्त गीतमा रमा अधिकारीको स्वर रहेको छ । उक्त गीतमा आमा बाबु गुमाएपछि एउटी छोरीले पाएको दुःख र गरेको सङ्घर्षलाई देखाउन खोजिएको छ ।

उक्त गीतमा रमा अधिकारी, युनिसा दाहाल, पवन सुवेदी, निरू केसी, मिना राई, सेमीसा राईको अभिनय रहेको छ । भिडियोको निर्देशन सुरेशचन्द्र दाहाल र वसन्त बस्नेतले गरेका हुन् । गीतको भिडियो इटहरी ३ स्थित खोर्साने खाप आसपासका क्षेत्रहरूमा छायाङ्कन गरिएको हो ।

भिडियो हेर्नुहोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 633

प्रतिक्रिया (०)

सम्बन्धित खबर