Aamsanchar

बाख्राको जस्तो स्वर भएको भन्दै शोबाट निकालिएकी शकिराको सफलता

Author Image
सोमवार, साउन २३, २०७९

१३ वर्षको उमेरमा सांगीतिक करियर सुरु गरेकी शकिराको हालसम्म विश्वभर १२.५ करोड प्रति एल्बम बिक्री भइसकेका छन् । शकिरा स्पोटिफाईमा सबैभन्दा बढी स्ट्रिम हुने ल्याटिन अमेरिकी गायिका पनि हुन् । आज ३० करोड डलरकी धनी यी लोकप्रिय पप स्टार कर छलि मुद्दाका कारण समाचारमा छाएकी छन् । १ करोड ४५ लाख डलर छलेको आरोपमा उनलाई ८ वर्षसम्मको सजायको माग गरिएको छ ।

केहीअघि उनको १२ वर्षदेखिका प्रेमी फुटबलर पिके सँगको सम्बन्ध विच्छेद भएको समाचार आएको थियो ।

शकिराको घर जग्गा
छुट्टिनुअघि शकिरा र उनका पार्टनर जेरार्ड पिके स्पेनको एउटा भव्य बंगलामा बस्थे, जुन ५९ लाख डलरमा किनिएको थियो । शकिरा र पिकेको संयुक्त घरमा सात शयन कक्ष, झरनासहितको स्विमिङ पूल, जिम, दुईवटा भान्छा र एउटा निजी थिएटरलगायत अन्य सुविधाहरु छन् ।

मुख्य घर छेउमा रहेका दुई अन्य भवनहरू जेरार्ड पिके र शकिराका अभिभावकका लागि बनाइएका हुन् । तीन घरको साझा पौडी पोखरी रहेको छ । तर अब दुई जोडी छुट्टिएपछि यो सम्पति के गरिने हो निर्णय भएको छैन ।
स्पेनको घरअघि शकिराको मियामीमा विलाशी घर थियो, जुन उनले ३८ लाख डलरमा किनेकी थिइन् । ६ शयनकक्ष र ८ बाथरुम भएको उक्त घर उनले २०२१ जनवरीमा १ करोड १६.४ लाख डलरमा बेचिन् ।

त्यसबाहेक पनि उनका युरुग्वेमा १२ एकडको फार्म छ, जुन फार्म भित्र रेकर्डिङ स्टुडियोको पनि सुविधा छ ।

बहामासमा निजी टापु
सन् २०११ शकिराले बहामासमा एउटा निजी टापु किनिन् । यी ल्याटिन अमेरिकी स्टारले गायक एलेजान्ड्रो सान्ज र पिंक फ्लोयड ब्याण्डका सदस्य रोजर वाटर्ससँग मिलेर उक्त जमिन किनेकी थिइन् । ५५० एकड क्षेत्रफलको टापूलाई उनीहरुले १ करोड ५० लाख डलरमा किनेका थिए ।

बाख्राजस्तो आवाज भनेर शोबाट निकालिएकी थिइन्
आज आफ्नो स्वरले विश्वलाई मोहनी लगाएकी शकिरा ११ वर्षको उमेरमा विद्यालयको सामूहिक गायनमा बाख्राको जस्तो स्वर भएको भन्दै निकालिएकी थिइन् । सन् २००९ मा शकिराले एक अन्तर्वार्तामा कहिलेकाहीँ उनी आफैलाई पनि उनको आवाज बाख्राको जस्तो लाग्ने गरेको बताएकी थिइन् ।

गीत गाउन भाषा नै सिक्छिन्

सन् २०१० को फिफा विश्वकपको एन्थम गित ‘वाका–वाका’ गीत गाउने बेलामा गीत निर्माताहरूले शकिरालाई गीतको अनुवाद गराउन आग्रह गरेका थिए । तर यो सुनेर शकिरालाई क्रुद्ध भइन र अनुवाद गर्नुको सट्टा अंग्रेजी भाषा नै सिकिन् । मातृभाषा स्पेनिस रहेको शकिरालाई त्यसबाहेक पोर्चुगिज, इटालियन, अंग्रेजी र अरबी भाषाहरू आउँछ ।

१० वर्ष कान्छा जेरार्डसँग लिभ–इनमा
शकिरा र जेरार्डको सन् २०१० फिफा विश्वकपमा भेट भएको थियो । दुवै जना ‘वाका–वाका’ गीतमा सँगै देखिएका छन् । जेरार्ड र शकिराले लामो समय सम्बन्धमा रहे पनि उनीहरुले विवाह गरेनन् । दुई जनाको सम्बन्धबाट दुई सन्तान छन् । जेरार्ड शकिराभन्दा १० वर्ष कान्छा छन् ।

१२ वर्षको सँगै बसाइपछि सन् २०२२ को जुनमा शकिराले आफ्नो पार्टनरबाट अलग हुने निर्णय गरिन् । पिकेले चिट गरेपछि उनले यस्तो निर्णय लिएको बताइन्छ ।

शकिराको आम्दानीको स्रोत
बीबीसीका अनुसार शकिराले सन् २००८ मा लाइभ नेसनसँग ३ करोड डलर प्रति वर्षको सम्झौतामा हस्ताक्षर गरेकी थिइन् । जनवरी २०२१ मा, शकिराले आफ्ना १४५ गीतहरूको प्रकाशन अधिकार हिपग्नोसिससँग फण्डलाई बेचिन् । यो सम्झौता लगभग १० करोड डलरको भएको विश्वास गरिन्छ ।

शकिरा सन् २०१३ मा सांगीतिक शो द भ्वाइसमा जज हुँदा उनले १.२ करोड पाएकी थिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 24

प्रतिक्रिया (०)

सम्बन्धित खबर