Aamsanchar

विजय केरुङको ‘हाम्रो जङ्गल ’ जामुनखाडीमा सार्वजनिक

Author Image
बुधवार, साउन २५, २०७९

कनकाई । मानव र वन को सम्बन्ध, सरकारले समुदायलाई वन संरक्षणको जिम्मा दिएपछि वन संरक्षणमा आएको सकारात्मक परिवर्तनलाई दृष्यको माध्यमबाट जनमानसमा सचेतना फैलाउने उद्देश्यले विशुद्ध वन सँग सम्बन्धित डकुमेन्ट्री चलचित्र ‘ हाम्रो जङ्गल ’ एक कार्यक्रमका बिच सार्वजनिक गरिएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालको प्रस्तुती र माईबेनी फिल्मस् प्रा. लि.को ब्यानरमा निमार्ण भएको उक्त डकुमेन्ट्रीलाई आज बुधवार सातौँ वन दिवसको अवसरमा झापाको कनकाई नगरपालिका २ मा रहेको जामुनखाडी सामुदायिक वन उपभोक्ता समितिको सभाहलमा नेपाल सामुदायिक वन उपभोक्ता महासंघ झापाले आयोजना गरेको वृक्ष रोपन तथा वन नियमावली सम्बन्धी फलफल कार्यक्रम मार्फत  उक्त डकुमेन्ट्री सार्वजनिक गरिएको हो  ।

झापाली चलचित्रकर्मी विजय केरुङ लिम्बुको कथा तथा निर्देशन रहेको उक्त डकुमेन्ट्री एक घण्टाको रहेको छ ।

डकुमेन्ट्रीको मुख्य भूमिकामा कलाकारहरू सुभास मेचे, समिता गिरी, सुरवीर पण्डित, पुकार भट्टराई , विपिन प्रसाईं, रहेका छन् । त्यसैगरी कलाकारहरूमा कृष्ण कोइराला, बिक्रम श्रेष्ठ लगायतका कलाकारहरूले अभिनय गरेका छन् ।

नेपालका विभिन्न सामुदायिक वन हरुले गरेका सफल अभ्यास,  वन अतिक्रमण र वन संरक्षणका विषयहरू डकुमेन्ट्रीमा समेटिएको निर्देशक केरुङले बताए ।

डकुमेन्ट्रीलाई देशभरीमा रहेका २२ हजार ४ सय सामुदायिक ननका उपभोक्ता समिति मार्फत लाई उपभोक्ता हरूलाई देखाइने निर्माता बिस्मार्क लिम्बुले आमसंचारलाई बताए ।  

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 329

प्रतिक्रिया (०)

सम्बन्धित खबर