Aamsanchar

तस्करी ठप्प पार्छु भन्ने डिआइजिलाई चुनौति : सुनसरीबाट खुलेआम तस्करी

Author Image
बिहिवार, साउन २६, २०७९

बिराटनगर ।
सुन्सरी जिल्लाको सीमा क्षेत्रबाट तस्करी मौलाएको छ । लत्ताकपडा, सुर्ती, चिनी, भाँडाकुँडालगायत सामान अवैद्य पैठारी हुन थालेका छन् ।
१ नं प्रदेशमा केहि दिन अघिमात्र पदभार समाहलेका डिआईजि सुदिप गरिले १ नं प्रदेशमा तस्करी ठप्प पार्न अभियान चलाइरहँदा पनि प्रहरीकै संलगनतामा तस्करी भएको पाइएको छ । मोरङबाट छिटफुट तस्करी भए पनि सुनसरीबाट खुलेआम तस्करी भएको पाइएको छ । १ नं प्रदेशको , झापा , सुनसरीका सबै प्रायः चोर नाका र छोटी भन्सार भएर सामान ओसारपसार हुने गरेको छ ।
सुनसरीको सिमानामा पर्ने बस्मतिया बोर्डर , घुर्णा बोर्डर , हरिनगरमा रहेको बोर्डरहरुबाट दिनहुँ तस्करी हुँदै गरेको छ ।
केहि दिन अघि , मोरङका बिभिन्न नाकाबाट पनि तस्करी भए पनि अहिले नभएको बिराटनगरका केहि तस्करहरु बताउछन् । मोरङमा रहेका घुमुवा प्रहरी , विशेष गरि जिल्ला प्रहरी कार्यलय मोरङ , वडा प्रहरी कार्यलय , बिराटनगर र इलाका प्रहरी कार्यलय रानीका घुमुवाहरुले तस्करीको सामान देख्नासाथ नियन्त्रणमा लिइ रहँदा अहिले तस्करहरु सुनसरीको बिभिन्न नाका प्रयोग गरिरहेका छन् ।
सुनसरीको बिभिन्न नाकाबाट खुल्ला रुपमा तस्करी भइरहेको छ । जस्मा जिल्लाका घुमुवा देखी प्रहरीको उच्च अधिकारीहरुको संलगनता छ । घुमुवाले तस्करहरुसंग पैसा उठाएर , जिल्ला देखी माथिल्लो तह सम्मका अधिकारीहरुलाई मोटो रकम दिइरहेका छन् । दृश्यमा देखिएका व्यक्तीको नाम रमेश यादब (परिवर्तित नाम) हो । उनि भन्छन् , म दुहुबी निवासी हुँ । हरेक दिन एक पटक सुनसरीको तेलयारी नाका भएर सामान ल्याउने गरेको छु । हामीले उनाको साइक्लमा लोड सामान हेर्दा १ बोरा भित्र ५० किलो चिनि , एक बोरा बलवान छापको सुर्ति , एक बोरा राजनिवास(गुटखा) लिएर जादै गरेको तस्विर लिएका थियौं ।

सुनसरीमा प्रहरीले सादा पोसाकमा घुमुवा प्रहरी खटाएर रकम असुल्ने व्यापारीको आरोप छ । जिल्लामा एसपी, डीएसपी, अञ्चल र क्षेत्रीय प्रहरी कार्यालयका अलगअलग घुमुवा परिचालन गरिएको पाइन्छ । प्रहरीको संरक्षणमा ओसारपसार हुने गरेको बर्जु गाँउपालिका अमडुवा ३ बस्ने जागेश्वर मण्डलले भने । मंगलबार समेत रातिको समयमा लत्ताकपडा, सुर्ती, चिनी लगायतको सामान तस्करी हुँदै गरेको सुचना पाएका थियौं । सोहि सुचनाको आधारमा करिब राति ९ बजेको समयमा हामी उक्त स्थानमा जाँदा स्थानिय जागेश्वर मण्डलल भन्छन् स्थानीय प्रहरी के—कस्तो लेन देन गर्छन थाहा नभए पनि प्रहरीकै अगाडिबाट सामान ओसार पोसार हुँदै गरेको बताए ।
यस्तै अर्का एक तस्कर हरिनगरा बसन्तपूर सडक खण्डमा पर्ने बस्मितिया बोर्डरबाट सामान ल्याएर नेपाल प्रवेश गरे पछि हामीले उनलाई प्रश्न ग¥यौं । तपाईको घर कहाँ ? उनले भने दाई भिडियो नलिनिुस न । हामीले पुनः सोध्यौं , तपाईको घर कहाँ , उनले भने पूर्व कुशाहा । उनको साइकलमा पनि ५० केजि चिनि , एक बोरा सुर्ति , बिस्कुट लगायतको सामान लोड भएको हेरी रहँदा , उनले २५ केजि मात्र चिनि रहेको बताएका थिए ।
उनी अक्मकाउदै भने , प्रहरीलाई पैसा त दिन्न तर डिउटिमा खटेका प्रहरीहरुसंग चिनजान भएको कारण सामान ल्याउने गरेको स्वीकारे ।
दर्शकबृन्द , सुनसरी अमडुवाका एक प्रत्यक्षदर्शी भन्छन् तस्कर र तस्करीमा संलग्न व्यक्तीहरुको बिषयमा जानकारी गराए आफुलाई गोली मारिदिने बताए । उनले भने , यहाँबाट सबै सामान तस्करी भइरहेको बताए ।

यस बिषयमा लाइभ न्यूजसंग कुरा गर्दै , जिल्ला प्रहरी कार्यलय ,सुनसरीका एस पी प्रभु प्रसाद ढकालले भने , कुनै प्रहरीको वा प्रहरी चौकीले तस्करी जस्तो विषयलाई नजरअन्दाज मात्र गरे उनलाई तत्कालै कार्वाही गर्ने बताए ।
प्रहरी संगठन भित्र शुद्धिकरण हुन आवश्यक छ । सिमा नाकाबाट हुने तस्करीमा प्रहरीको सहयोग बिना तस्करी हुनै सक्दैन । तिनै प्रहरीले तल देखी माथि सम्मका शक्तिकेन्द्रहरुलाई आर्थीक देखी नैतिक सहयोग नगरेको भन्नु पनि कसरी । यस भन्दा अगाडि पनि स्याउ तस्करीमा १ प्रदेशका डिआईजि इश्वरबाबु कार्की बिबादमा तानिसकेका थिए । तसर्थ सम्बन्धीत निकायको यस तर्फ ध्यान जानु आवश्यक छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 286

प्रतिक्रिया (०)

सम्बन्धित खबर