Aamsanchar

वाम्बुले राईले धुमधामका साथ ढ्वाङकुम पर्व मनाउँदै

Author Image
शुक्रवार, साउन २७, २०७९

ओखलढुंगा – ओखलढुंगाका प्रकृतिपूजक वाम्बुले राईहरुले धुमधामका साथ ढ्वाङकुम पर्व मनाइरहेका छन् ।

जनै पूर्णिमाको अघिल्लो दिनदेखि २ दिनसम्म मनाइने यो पर्वको रौंनक जिल्लाको उँबू, मोली, वाक्सा लगायतका ठाउँमा देखिएको छ । ढ्वाङकुमटारमा जम्मा भएर मनाइने ढ्वाङकुम पर्वमा वाम्बुले राईहरुले नाक्सो मार्फत आफ्नो पितृ र प्रकृतिलाई कागुनीको भात, कोदोको जाँड, मकैको झुत्ता, काँक्रा र भुटेको मासुलगायतका वस्तु चढाउने गर्छन् ।

हरेक घरबाट थुन्चेमा विभिन्न सामाग्री बोकेर ढ्वाङकुमटार पुगेपछि घरपरिवार र आफन्त भेटघाट तथा नाचगान समेत गर्ने चलन रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 278

प्रतिक्रिया (०)

सम्बन्धित खबर