Aamsanchar

इलामको पर्यटकीय नगरी सूर्योदयमा विशाल बुद्धको प्रतिमा स्थापना

Author Image
आइतवार, साउन २९, २०७९

फिक्कल ।  इलाम जिल्ला सूर्योदय नगरपालिका –३ बौद्ध धाममा विशाल बुद्धको प्रतिमा स्थापना गरिएको छ ।

फिक्कल – पुशपतिनगर मार्गमा रहेको मुर्ती ३५, पेमा (सिमेन्टको कमलको फूल) ८ र वेस २० फिट गरीजम्मा ६३ फिट उचाईको रहेको छ । यो बुद्ध प्रतिमा प्रदेश १ कै अग्लो  हुन सक्ने स्थानीयहरूले दावी गरेका छन् ।  

आर्थिक वर्ष २०७०/०७१ बाट निर्माण सुरु भएको योजना ८ वर्षको लामो समयमा निर्माणको अन्तिम चरणमा पुगेको छ । बहु वर्षे योजना अन्तरगत सुरु भएको योजनाका लागि हाल सम्ममा २ करोड ७७ लाख २ हजार ८ सय ५६ रुपैयाँ ५६ पैसा खर्च भई सकेको छ ।

दुईवटा सिडि मार्ग, स्टिलको ट्रस्ट बृज, बाहिरी रिटेनिङ पर्खाल, पसलका लागि सटरहरू, ३५ फिट अग्लो बुद्धको मूर्ति,  स्टिलको घेराबारा भुईँमा टायल्स लगायतको निर्माण कार्य सम्पन्न भई सकेको छ । अब बुट्टा कुदने, रंग रोकन, प्रवेश द्वार, दक्षिण पटी सीडी, भ्यु टावर निर्माणको काम बाँकी रहेको सूर्योदय नगरपालिका प्रवक्ता ख्याम भुजेलले जानकारी दिए ।

निर्माणाधीन अवस्थामा रहेको उक्त योजनाको लागि नगरपालिकाले २ करोड ४२ लाख २५ हजार ८ सय ५६ रुपैयाँ र तत्कालीन जिल्ला विकास समितिबाट ३५ लाख रुपैयाँ लगानी भएको छ । अझै काम सम्पन्न गर्न २ करोड जति लाग्ने अनुमान गरिएको छ ।

यो योजना पुरा भए पछि बौद्धमार्गी र आन्तरिक तथा भारतीय पर्यटकहरूको बाक्लो उपस्थिति रहने स्थानिय  हरुले अनुमान गरेका छन् ।

अत्यन्तै मनमोहक ठाउँमा निर्माण थालिएको यस योजनाले सूर्योदयको पर्यटन क्षेत्रमा टेवा पुग्ने  निश्चित देखिएको छ ।

नगरलाई र स्थानीयलाई आम्दानीको श्रोत र यो भव्य योजनाले सूर्योदय नगरपालिकालाई देशमै चिनाउने एक आधार तयार हुदै छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 344

प्रतिक्रिया (०)

सम्बन्धित खबर