Aamsanchar

नेपाल आदीवासी जनजाती महासंघ झापाको सातौं जिल्ला अधिवेशन बिर्तामोडमा हुने

Author Image
शनिवार, भदौ ४, २०७९

बिर्तामोड । नेपाल आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् (नेफिन) झापाको सातौं जिल्ला अधिवेशन आगामी भाद्र ११ गते बिर्तामोडमा हुने भएको छ।

आज शनिबार पत्रकार सम्लेलन गर्दै परिषद् झापाले सातौं जिल्ला अधिबेशनको मिति सार्वजनिक गरेको हो।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद झापाका अध्यक्ष भरतकुमार श्रेष्ठले आगामी भाद्र ११ गते बिर्तामोडको अतिथिसदनमा सातौं जिल्ला अधिवेशन हुने र अधिवेशनको उद्घाटन प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गर्ने बताए ।

अधिबेशनमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद झापामा आवद्ध २४ वटा जातीय संघ संगठनका तर्फबाट दुई–दुई जना प्रतिनिधिसहित पाँच हजार जनाको सहभागीता रहने उनले जानकारी दिए । अधिबेशन उद्घाटनका क्रममा आदिवासी जनजातिको मौलिक तथा साँस्कृतिक भेषभुषा सहितको झाँकी, नृत्य प्रदर्शन गरिने उनको भनाई छ । अधिबेशनले सशक्त र क्रियासिल पदाधिकारी एबं सदस्य चुन्ने उनले बताए । कार्यक्रमको सञ्चालन नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद झापाका सचिव विरेन मेचेले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
Views: 353

प्रतिक्रिया (०)

सम्बन्धित खबर