Aamsanchar

चिनियाँ विमान र जहाजले मध्य रेखा पार गर्यो : ताइवान रक्षा मन्त्रालय

Author Image
सोमवार, भदौ ६, २०७९

ताइपेइ-ताइवानको रक्षा मन्त्रालयले ताइवान स्ट्रेट मध्य रेखा पार गर्ने पाँचवटा विमानसहित आइतबार ताइवानको वरिपरि १२ चिनियाँ विमान र पाँच चिनियाँ जहाज भेटिएको जनाएको छ ।

यसै महिनाको सुरुदेखि अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले टापुको भ्रमण गरेपछि चीनले ताइवान नजिकै अभ्यास गरिरहेको छ, । ताइवान सरकारको कडा आपत्तिको बाबजुद चिनियाँ सेनाको जहाजले मध्यरेखा पार गरेको हो ।

ताइवानलाई चीनले आफ्नो महत्वपूर्ण अंश मान्छ । तर, ताइवानले आफूलाई सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र देश सम्झन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 341

प्रतिक्रिया (०)

सम्बन्धित खबर