Aamsanchar

घरको छत खस्दा एउटै परिवारका आठ जनाको मृत्यु

Author Image
शनिवार, चैत २८, २०८२

पूर्वी अफगानिस्तानको परवान प्रान्तमा शनिबार घरको छत खस्दा एउटै परिवारका आठ जनाको मृत्यु भएको छ। साथै अर्का एक जना घाइते भएका छन्। स्यागिरड जिल्लामा भारी वर्षाका कारण घरको छत खस्दा दुर्घटना भएको प्रान्तीय प्रहरी प्रवक्ता फजल रहिम मुस्किनियारले बताएका छन्।

यसअघि काबुलको बागरामी क्षेत्रमा यस्तै दुर्घटनामा हुँदा एउटै परिवारका आठ जनाको ज्यान जानुका साथै एक बालक घाइते भएको जनाइएको थियो।

अफगानिस्तानमा विगत दुई हप्तामा बाढी जन्य घटनाहरुका कारण १४८ जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएको बताइएको छ।

 

Views: 201

प्रतिक्रिया (०)

सम्बन्धित खबर