Aamsanchar

झापामा १३ लाख ६० हजार नेपाली रुपैयाँसहित एक जना पक्राउ

Author Image
शुक्रवार, भदौ १०, २०७९

झापा – झापामा स्रोत नखुलेको १३ लाख ६० हजार नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा झापा गाउँपालिका- १ स्थित लसुना बोर्डर घर भएका ५४ वर्षीय तेजबहादुर गणेश रहेको प्रहरी कार्यालय झापाले जनाएको छ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट प्रहरी नायव निरीक्षक प्रवीण भट्टराई नेतृत्वको खटिएको टोलीले शुक्रबार बिहान पौने १२ बजे झापा- १ लसुना बोर्डर नजिकैबाट गणेशलाई रकमसहित पक्राउ गरेको हो।

प्रहरी टोली देख्न साथ गणेश आफ्नो घरतिर भाग्न खोज्दा पक्राउ परेको प्रहरीले जनाएको छ। प्रहरी उनको साथबाट १००० दरको ९०० वटा  नोट, ५०० दरको ८०० वटा नोट र १०० दरको ६०० वटा नोट फेला पारेको छ।

पक्राउ परेका उनलाई रकमसहित आवश्यक अनुसन्धानका लागि राजश्व कार्यालय पठाइने डीएसपी वसन्त पाठकले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
Views: 1936

प्रतिक्रिया (०)

सम्बन्धित खबर