Aamsanchar

झापामा श्रीमानकाे छुरा प्रहारबाट श्रीमतीको घटनास्थलमै मृत्यु, श्रीमान फरार

Author Image
शनिवार, भदौ ११, २०७९

बिर्तामोड- जिल्लाको झापा गाउँपालिकाका एक व्यक्तिले छुरा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । शुक्रबार राति १०:१० बजेतिर झापा गाउँपालिका–६, चन्द्रबस्तीका ४० वर्षीय नाइके सरदारले ३५ वर्षीया श्रीमती तालामई हस्दाको छुरा प्रहार गरी हत्या गरेका हुन् ।मादक पदार्थ सेवन गरी घर आएका नाइकेले तालामईमाथि छुरा प्रहार गरेका थिए । कोखामा छुरा प्रहार गर्दा तालामईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । छुरा प्रहार गर्ने नाइके फरार छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 304

प्रतिक्रिया (०)

सम्बन्धित खबर