Aamsanchar

बिर्तामोडमा जन्मियो गोर्खा पोष्ट डेली डटकम

Author Image
मङ्गलवार, भदौ १४, २०७९

 बिर्तामोड । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेर विगत १ बर्ष देखि परीक्षणकालमा रहेको गोर्खा पोष्ट डेली डटकमको आज (सोमबार) औपचारिक उद्घाटन भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गोर्खा पोष्ट डेलीको उद्घाटन गरेका हुन् ।

प्रविधिको विकास सँगै अनलाई मिडियाको महत्व बढ्दै गएको अवस्थामा वीरता मिडिया हाउस प्रा।लि।ले सञ्चालनमा ल्याएको गोर्खा पोस्टले समाचार, सँगै अनलाइन टिभी पनि सुरु गरेको सञ्चालक प्रबन्ध निर्देशक वीरबहादुर दर्नालले बताए ।

बिर्तामोडमा अनलाइन मिडियाको भिडमा प्रविधि मैत्री बनेर सुरु भएको अनलाइन उद्घाटन कार्यक्रममा तीनजना पत्रकारलाई सम्मान तथा पुरस्कृत गरिएको छ । गोर्खा पोस्टले यसै बर्षबाट सुरु गरेको सम्मान तथा पुरस्कार अन्तरगत हरेक वर्ष जिल्लामै अग्रज पत्रकारलाई पुरस्कृत गरिने जेठो पत्रकारिता पुरस्कारबाट यस वर्ष अग्रज पत्रकार नकुल काजीलाई पुरस्कार प्रदान गरिएको छ । काजीलाई नगद २५ सय र सम्मान पत्र प्रदान गरिएको थियो । त्यसैगरी दिवंगत पत्रकार मदन ढकालको स्मृति मा स्थापना गरिएको पुरस्कारबाट पत्रकार राजबाबु शंकर पुरस्कृत भएका छन् । वीरता गौरव पत्रकारिता पुरस्कारबाट पत्रकार भारती राईलाई पुरस्कार प्रदान गरिएको छ । उनि हरुलाई जनही २ हजार १ सय का दरले पुरस्कृत गरिएको गोर्खा पोस्टका प्रधान सम्पादन राजेन्द्र गौतमले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि शर्मा, प्रेस युनियनका पूर्व अध्यक्ष गोविन्दचन्द्र क्षेत्री, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, नेकपा एमाले झापा जिल्ला सदस्य देवराज कार्की, नेपाली काँग्रेस झापाका सचिव कृष्ण हुमागाई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा राजनीतिकर्मी, समाजसेवीहरु को बाक्लो उपस्थिति रहेको थियो ।

सञ्चालक वीरबहादुर दर्नालको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रधान सम्पादक राजेन्द्र गौतमले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी लिला अनमोलले गरेकी थिइन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
5
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0
Views: 1004

प्रतिक्रिया (०)

सम्बन्धित खबर