Aamsanchar

‘एमआई’ मोवाइलको सर्भिस सेन्टर बिर्तामोडमा

Author Image
बुधवार, भदौ १५, २०७९

बिर्तामोड । चिनिया मोवाइल कम्पनी साओमी (एमआई) मोवाईलको १७ औं सर्भिस सेन्टर बिर्तामोडमा सञ्चालनमा आएको छ ।

बिर्तामोडको भद्रपूर रोडमा सञ्चालनमा आएको सर्भिस सेन्टरको साओमी नेपालका कन्ट्री जेनरल मेनेजर अमित कुमार पण्डा , टेली डिरेक्टका डाइरेक्टर सञ्जय अग्रवाल, साओमी नेपालका सर्भिस मेनेजर किरण सोनी , मार्केटिङ मेनेजर प्रकाश सुवेदी, विएनएस अपरेसन हेड मनु मानस्वी, टेली डिरेक्टका सेल्स मेनेजर दीपक श्रेष्ठले उद्घाटन गरेका थिए ।

साओमी मोवाइल विक्री पछि गरिने सम्पूर्ण सर्भिस सम्वन्धि काम बिर्तामोडको सर्भिस सेन्टरले गर्ने बिर्तामोडका सञ्चालक राजन घिमिरेले बताए । झापाको बिर्तामोडमा पहिलो पटक सर्भिस सेन्टर सञ्चालनमा आएसंगै साओमी मोवाइल प्रयोग कर्तालाई सहज हुने साओमी नेपालका बिर्तामोडका आधिकारिक विक्रेता प्रकाश सुवेदी लवले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 75

प्रतिक्रिया (०)

सम्बन्धित खबर