Aamsanchar

भिभोको रङ्ग परिवर्तन हुने मोबाइल सार्वजनिक   

Author Image
बिहिवार, भदौ २३, २०७९

बिर्तामोड । चाईनाको भिभो कम्पनीले उत्पादन गरेको नयाँ मोडलको मोवाईल सेटहरु भि २५ र भि २५ ई नेपालमा सार्वजनिक भएको छ । देशभरीमा सबै थोक बिक्रेताहरुले एकै साथ नयाँ दुई मोवाइल सेटलाई सार्वजनिक गरिएको हो ।

सोही क्रममा झापा विर्तामोडमा रहेको भिभोको आधिकारिक विक्रेता फिल नेपाल मल्टि ट्रेड कन्सन प्रा.लि ले पनि उक्त मोवाईलहरु सार्वजनिक गरेको छ ।

साविक मेती अञ्चलको आधिकारिक विक्रेता रहेको फिल नेपाल मल्टि ट्रेड कन्सन का संचालक द्वय खगेन्द्र नेपाल र हिमाल प्रसाईंलगायतले एक कार्यक्रमका बिच मोवाईलहरु सार्वजनिक गरेका थिए ।

विश्वमै पहिलो पटक रंग परिवर्तन हुने मोवाइल भिभोले निकालेको छ । भि २५ र भि २५ इ दुवैमा रंग परिर्वतन हुने ग्लास प्रविधि छ जसले गर्दा स्मार्टफोन प्रत्यक्ष सूर्यको प्रकाशमा पर्दा रङ परिवर्तन हुन्छ । यसका साथै, दुवै स्मार्टफोनमा फ्लोराइट एजी ग्लास प्रयोग गरिएको छ जसले फोनलाई अझ बढि आकर्षक बनाउँछ । भि २५ सिरिज हल्का तौल र स्टाइलिश डिजाइनमा उपलब्ध रहेको कम्पनीका टेरोटरी सेल्स मेनेजर निरज सिटौलाले बताए ।

भि २५, भिभोको भी को नयाँ स्मार्टफोन हो, जसले उत्कृष्ट क्यामेरा क्षमताहरू प्रदान गर्छ । भि २५ फाइभ जि र भि २५ इ दुवैमा ६४ एमपी ओआइएस (अप्टिकल इमेज स्टेबलाइजेसन) अल्ट्रा सेन्सिङ रियर क्यामेरा छ जसले कम ब्राइटनेस र हल्लिएको ब्लर फोटाहरूलाई स्पष्ट बनाउँछ ।

त्यस्तै भि २५ फाइभ जि मा ५० एमपी अटो फोकस पोट्र्रेट फ्रन्ट क्यामेरा रहेको छ । भि २५ इ मा ३२ एमपी फ्रन्ट क्यामेरा छ । भि २५ सिरिजको दुवै स्मार्टफोनहरूमा प्रोसेसरहरू छन्, भि २५ फाइभ जि मा मिडियाटेक डाइमेन्सिटी ९०० प्रोसेसर प्रयोग गरिएको छ भने भि २५ इ मा मिडिया टेक हेलियो जि ९९ प्रोसेसर प्रयोग गरिएको छ । भि २५ सिरिजका दुवै स्मार्टफोनमा ४५ सय एमएएच ब्याट्री छ जसलाई ४४ वाट फ्ल्यासचार्जले समर्थन गर्छ । यस्तै, भि २५ सिरिजमा ८ जिबी ¥याम र १२८ जिबी रोम छ जसमा ८ जिबीको एक्सटेन्डेड ¥याम पनि छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
6
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर