Aamsanchar

महारानीको निधनपछि बेलायत शोकमा, श्रद्धाञ्जली दिन हजारौँ नागरिक भेला

Author Image
शुक्रवार, भदौ २४, २०७९

महारानी एलिजाबेथ द्वितीयको निधनपछि बेलायत शोकमा डुबेको छ । बेलायतमा सबैभन्दा लामो समयसम्म शासन गर्ने महारानी एलिजाबेथ द्धितीयको ९६ वर्षको उमेरमा निधन भएको हो ।

महारानी एलिजाबेथ द्वितीयको बाल्मोरल दरबारमा निधन भएको बकिङ्घम प्यालेसले जनाएको छ । उहाँलाई श्रद्धाञ्जली दिन बकिङ्घम प्यालेस बाहिर हजारौँ नागरिक भेला भएका छन् । उहाँकाे सम्मानका लागि नागरिकले फूलका गुच्छा राखेका छन् । महारानी एलिजाबेथको निधन भएको घोषणापछि दरबारमा रहेको राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।

सन् १९२६ अप्रिल २१ मा लण्डनको माइफेरमा जन्मिएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्र अध्यक्ष हुनुहुन्छ । उहाँले ७० वर्षसम्म शासन गर्नुभयो । उहाँको निधनपछि जेठा छोरा चार्ल्स राजा चार्ल्स तृतीय बन्नुभएको छ ।

महारानी एलिजाबेथको निधनप्रति विश्वभरबाट शोक व्यक्त गरिएको छ । महारानी एलिजाबेथ द्वितीयको शासनकालमा १५ जना प्रधानमन्त्री भएका छन् ।

Views: 402

प्रतिक्रिया (०)

सम्बन्धित खबर