Aamsanchar

 मदरसामा अंग्रेजी र अन्य विषयको पढाई, मुस्लिम र गैर मुस्लिमका महिला शिक्षक र विद्यार्थीहरू छन्, त्यहाँ दीपाले मनाइन जन्मोत्सव

Author Image
आइतवार, भदौ २६, २०७९

बिर्तामोड । झापा बिर्तामोडकी दीपा ओलीले सामाजिक कार्य गरेर आफ्नो जन्मोत्सव मनाएकी छिन् ।
बिर्तामोड–३ मा रहेको मदरसा तालिमुल कुरान आधारभूत विद्यालयमा रहेका विद्यार्थीहरूलाई कापी वितरण गरेर उनले जन्मोत्सव मनाएकी हुन् ।

लायन्स क्लब अफ बिर्तामोड गोल्डेन ड्रिम्सकी सदस्य तथा नेशनल लाइफ इन्स्योरेन्सकी चिफ बिजनेस मेनेजर रहेकी उनले जन्मदिनमा गरिने फजुल खर्चले सामाजिक कार्य गरेको बताइन् ।
यस विद्यालयमा जन्मोत्सव मनाउने सोच कसरी आयो भनेर आमसञ्चारले राखेको जिज्ञासामा ओलीले भनिन ‘विगतका वर्षहरूमा साथीहरू सँग होटलमा जन्मोत्सव मनाउँदै आएकी थिए । तर लाखौं खर्च गरेर मनाइएको जन्मोत्सव कार्यक्रमले कहिलै मनमा आनन्द आएन । क्षणिक रमाइलो हुन्थ्यो तर भोलिपल्ट ति सबै क्षणहरू हराएर जाने गरेको थियो । मलाई लाग्यो कम्तिमा जन्मोत्सव यसरी मनाउन पाइयोस् ताकी समुदायलाई केही फाइदा पुगोस् । आज यस विद्यालयमा आएर जन्मोत्सवको अवसरमा विद्यार्थीहरूलाई कापी वितरण गर्दा निक्कै आनन्द मिलेको छ । यो कार्यले मलाई जीवनभर सुखी प्राप्त हुने छ । अझ धेरै म यस मानेमा खुसी छु । यस विद्यालय यस्तो विद्यालय रहेछ जुन  विद्यालय धार्मिक रुपमा स्थापना भए पनि हाल झापामै पहिलो अंग्रेजी माध्यमबाट पठन पाठन हुदै आएको छ । विगतमा यस विद्यालय मुस्लिम समुदायका बालबालिकाहरूले मात्र अध्ययन गर्ने थलो भए पनि अहिले गैर मुस्लिका बालबालिकाहरू पनि अध्ययनरत रहेको पाए । मुस्लिम समुदायमा रुढीवादी सोचका कारण छोरीले पढ्नु हुदैन भन्ने सोच रहेको र शिक्षा प्रतिको चेतना भएर पनि आर्थिक अभावका कारण छोराछोरीलाई स्कुल नपठाई रहेका विपन्न वर्गका परिवारका छोराछोरीहरूलाई यस विद्यालयले खोजी खोजी ल्याएर पठाउदै आएको कुरा विद्यालयका अध्यक्षले जानकारी गराएपछि यस स्कुलमा कार्यक्रम गर्न म प्रेरित बनेको हु ।’
ओलीले थप्दै भनिन  ‘छोरीले वढ्नु हुदैन भन्ने मुस्लिम समुदायकै छोरी प्रधानाध्यापक र अरु १२ जना महिला शिक्षकले मात्र पठन पाठन गराउने यस स्कुललाई हामी सामाजिक सोच राख्नेहरूले सहयोग नगर्ने कुरै भएन । त्यसमा ९ जना गैर मुस्लिम महिला शिक्षकले पठाउने काम गर्दै आएको महीले गरेको यस कार्य प्रति गर्भ महसुस गरेको छु । मुस्लिम र गैर मुस्लिम शिक्षक र विद्यार्थी एकै ठाउँमा देख्दा अब चै समाजिक एकता सुमधुर बन्दै गएको र यस स्कुल साच्चै हेर्नु पर्ने र सहयोग गर्नुपर्ने ठाउँ रहेछ । यतीका समारात्मक र रचनात्मक काम भएको विद्यालय झोलेलमा परेको छ । यस विद्यालयका सफल अभ्यासहरुलाई जनमानसमा पुर्याउन स्थानीय सरकार र समूदाय लाग्नु पर्ने हुन्छ । आज मैले यस सकुलमा सानै भएपनि कार्यक्रम गरे यसैगरी अरुले पनि यस स्कुलमा सकेको सहयोग गर्ने हो भने गरिव विपन्न परिवारका वालबालिकाले शिक्षा आर्जन गर्नपाने बाल अधिकारको संरक्षण हुने थियो ।’

लायन्स क्लब अफ बिर्तामोड गोल्डेन ड्रिम्सको आयोजनामा भएको कार्यक्रममा विद्यालयमा अध्ययनरत १ सय ७१ जना विद्यार्थीहरूलाई ६ सय थान कापी वितरण गरिएको विद्यालयकी प्रिन्सिपल अञ्जुम खातुनले बताइन् ।

एलकेजीमा पढ्ने हिन्दु समुदायकी एञ्जल साह र मुस्लिम समुदायकी सवना खातुन । उनीहरु एक आपसमा आत्मीय साथी हुन् । 

लायन्स क्लवका डिस्ट्रिक सेक्रटरी लिलाप्रसाद चिमरिया, एरिया चिफ सत्यनारायण शर्मा, जोन चेयर पर्सन साजन थापा, क्लब सर्भिस कोअडिनेटर मनोज बस्नेत, लायन्स क्लब अफ बिर्तामोड लेडीकी डिस्ट्रिक चेयर पर्सन दुर्गा पाठक थपलिया, लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीकी सेक्रेटरी संगीता गिरी, लायन्स क्लब अफ बिर्तामोड गोल्डेन ड्रिम्सकी प्रेसिडेन्ट गंगा श्रेष्ठ,  ट्रेजरर किशोर श्रेष्ठ, फस्ट भिपी रेनुका महतोलगायतले कापी वितरण गरेका थिए ।

कार्यक्रममा विद्यालय व्यस्थापन समितिका अध्यक्ष अफरोज खानले ओलीले आफ्नो जन्मदिनमा विद्यालयका मुस्लिम तथा गैर मुस्लिम विद्यार्थीलाई कापी वितरण गरेर समाजमा उदाहरणिय कार्य गरेको बताए ।

कार्यक्रमको सञ्चालन संस्थाकी सचिव विनिता लामाले गरेकी थिइन् ।

मदरसा तालिमुल कुरान आधारभूत विद्यालयले कक्षा ८ सम्म पठन पाठन गर्ने सरकारबाट अनुमति प्राप्त गरेको छ तर हाल कक्षा ६ सम्म पठाई हुँदै आएको छ । २०६४ सालमा स्थापना भएको यस विद्यालयले २०७५ सालबाट मुस्लिम अरबियन भाषा बाहेक अंग्रेजी र नेपाली विषयहरू पठनपाठन गराउन सुरु गरेको हो । हाल यस विद्यालयमा १ सय ७१ जना विद्यार्थीहरू रहेका छन् । जसमा ६९ जना छात्रा, १ सय  जना छात्र रहेका छन् । १५ जना गैर मुस्लिम बालबालिकाहरू पढ्दै आएका छन् । समय सुहाउँदो प्रविधि मैत्री बन्दै गएको यस विद्यालय बिर्तामोडकै एक महत्वपूर्ण विद्यालय रहेको छ भने जस्तै धार्मिक रुपमा सञ्चलनमा आएका झापामा ५१ वटा मदरसा मध्ये नमुनाको रुपमा स्थापित बनेको छ । अन्य मदरसामा अरबियन उर्दू मात्र पढाई हुने गरेको छ । 

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 356

प्रतिक्रिया (०)

सम्बन्धित खबर