Aamsanchar

 साँगीतिक कार्यक्रमा मोरिकका विद्यार्थीहरुको विभिन्न प्रस्तुती 

Author Image
शनिवार, असोज १, २०७९

बिर्तामोड । ‌  विशेषत बालबालिकाहरूमा भएको अन्तर निहित क्षमता प्रस्फुटन गराउने र  लोप हुँदै गएको  पूर्वीय संस्कार संस्कृतिलाई पछिल्लो पुस्तामा समेत निरन्तरता प्रदान गर्ने उद्देश्यले स्थापित मोरिक साधना कला केन्द्र बिर्तामोड (२ चारपाने ले विश्वकर्मा पूजाको दिन झापा नाटक घरमा  सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
साधना कला केन्द्रकी संस्थापक सञ्चालीका सुजना खतिवडा को अध्यक्षता तथा सामुदायिक विद्यार्थी स्वास्थ्य सरोकार केन्द्र झापाका संस्थापक तथा एच.डि. हेयर एण्ड डर्मा सेन्टर बिर्तामोड का स्वास्थ्य प्रमुख मनुराम चिमरियाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा क्षितिज साहित्य प्रतिष्ठान झापाका अध्यक्ष  तुलसीप्रसाद भट्टराई, नाट्य समुहका बरिष्ठ उपाध्यक्ष हरि भण्डारी नेपाल रेडक्रस सोसाइटी बिर्तामोड का सह सचिव  ओम प्रकाश लुइँटेल, झापा नाटक घर निर्माण उपभोक्ता समिति अध्यक्ष भोजकुमार मास्के, साहित्यकार दुर्गा प्रसाद सिग्देललगायत ले मोरिक साधना कला केन्द्र ले बाल प्रतिभाहरू उत्पादनमा पुर्याएको योगदान र खेलेको भूमिका विषयमा शुभकामना मन्तव्य राखेका थिए ।

‌मोरिक साधना कला केन्द्रका विद्यार्थीहरू ले गायन, नृत्य ,बाध्यबाधा, मोडलिङ्ग,तथा सचेतना मूलक नाटक विभेद को मञ्चन गरेका थिए । कार्यक्रममा अभिभावकहरू ले छोटो समयमा मोरिक मा भर्ना भएर आफ्ना नानीहरूले संगीत साधनाको क्षेत्रमा प्राप्त गरेको उपलब्धि का विषयमा आ आफ्नो धारणा सहितको शुभकामना मन्तव्य राखेका थिए ।
नाट्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष माधव कल्पितले सञ्चालन गरेको कार्यक्रममा साधना कला केन्द्र कि विद्यार्थी समृद्दि खड्काले स्वागत गरेको  कार्यक्रममा  गुरु तथा गुरआमाहरु समीक्षा खतिवडा ,मणि बर्देवा र गीता थापा ले विधागत प्रस्तुति र कलाकारहरूको बारेमा सहजिकरण गरेका थिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 2

प्रतिक्रिया (०)

सम्बन्धित खबर