Aamsanchar

आईएसएफ वल्ड स्कुल बास्केटबल च्याम्पियनसिपमा प्रिमियरले सहभागिता जनाउने

Author Image
आइतवार, असोज २, २०७९

सर्वियाको बेलग्रेडमा आयोजना हुने आईएसएफ वल्ड स्कुल बास्केटबल च्याम्पियनसिप २०२२ मा सहभागी हुन नेपाली बास्केटबल टोली त्यस तर्फ प्रस्थान गर्ने गरेको छ ।
नेपाली टोलीलाई आइतबार एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले बिदाई गरे । 

विदाई कार्यक्रममा बोल्दै सदस्य सचिव घिसिङले अध्ययनका साथ साथै खेललाई पनि अगाडि बढाई रहेकोमा खेलाडी प्रति कृतज्ञ हुँदै स्कुल र कलेजमा खेलकुदको पूर्वाधार निर्माणमा जोड दिनु पर्ने र आफू त्यसका लागी लागि पर्ने बताए । प्रतियोगितामा उत्कृष्टताका लागि वैदेशिक भ्रमण फलदायी हुने भन्दै विभिन्न देशका खेलाडीहरू सँग प्रतिस्पर्धा गर्दा नेपाली खेलाडीहरूको क्षमतामा वृद्धि हुनेमा आफू विश्वस्त रहेको उनको धारण रहेको छ । 

जनार्जन ढुङ्गेलको नेतृत्वमा च्याम्पियनसिपमा सहभागी हुन जाने टोलीको टिम प्रशिक्षकमा सदिश प्रधान रहेका छन् । यस्तै खेलाडीहरूमा सामराज श्रेष्ठ, प्रथम श्रेष्ठ, आशिप महर्जन, शिभम् श्रेष्ठ, कोनोर गुरुङ्ग, बेनभ श्रेष्ठ दुवाल, उज्ज्वल धौगोडा, प्रणय बासी, सुजल बलय श्रेष्ठ, सुजार राजकर्णिकार र अविग्न श्रेष्ठ रहेका छन् । अफिसियलमा भुपेन्द्र शमसेर कुँवर, मधु ढुङ्गेल र ममता बस्नेत रहेका छन् ।
उक्त टिम प्रिमियर  इनटरनेशनल आईबि कन्टइनियम  स्कुल को र प्रेमियर ले राष्ट्र को प्रतिनिधित्व गर्ने छ।

प्रतियोगिता सेप्टेम्बर २० देखि २८, २०२२ मा हुने कार्यक्रम रहेको छ ।

बिदाई कार्यक्रममा नेपाल स्कुल स्पोर्टस् महासंघका उपाध्यक्ष मोहन कुमार कार्की, आईएसएफ कार्यकारी समितिका सदस्य, प्राविधिक कमिसनका अध्यक्ष एवं नेपाल स्कुल स्पोर्टस् महासंघका सचिव राजकुमार कार्कीको उपस्थिती रहेको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर