Aamsanchar

झापामा स्रोत नखुलेको साढे तीन लाख र ब्राउन सुगरसहित महिला पक्राउ

Author Image
सोमवार, असोज ३, २०७९

झापा – झापामा स्रोत नखुलेको साढे तीन लाख र ब्राउन सुगरसहित एक महिला पक्राउ परेका छन्। पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-१३ स्थित तेलीवारि निवासी ४३ वर्षीया भारती राजवंशी रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए।

प्रहरीका अनुसार आइतबार साँझ ६ बजेको समयमा लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र प्रहरी चौकी चारआलीबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा ती महिलालाई शङ्का लागी चेकजाँच गर्दा उनको साथबाट ४ ग्राम ब्राउन सुगर बरामद गरेको थियो।

प्रहरीले पक्राउ गरी ती महिलालाई उनको घरमा लगेर खानतलासी समेत गरेका थिए। प्रहरीले उनको घरबाट ८ ग्राम ब्राउन सुगर, एक थान डिजिटल तराजु र नगद ३ लाख ५३ हजार ५ सय रुपैयाँ बरामद गरेको थियो।

यता ब्राउन सुगर र नगदसहित पक्राउ परेको महिलालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको डीएसपी पाठकले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 318

प्रतिक्रिया (०)

सम्बन्धित खबर