Aamsanchar

पानीमा डुबेर झापामा १४ वर्षीय बालकको मृत्यु

Author Image
सोमवार, असोज ३, २०७९

झापा : पानीमा डुबेर झापामा एक बालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा झापा गाउँपालिका- ३ निवासी देवान टुडुका १४ वर्षीय छोरा विजय टुडु रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार कामाटोली बजारबाट आइतबार बिहानदेखि हराएका बालक विजय सोमबार बिहान ७ : ४० बजे झापा- ३ स्थित गैरीगाउँ झाटी खाडीमा डुबेको अवस्थामा मृत फेला परेको हो ।

मृतक बालक विजय बोल्न नसक्ने र सुस्तमनस्थितीका थिए । प्रहरीले शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि अस्पताल पठाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
1
+1
0
+1
1
+1
0
+1
2
+1
4
Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर