Aamsanchar

सन् २०२४ मा हुने युरोकपको छनोटमा रुसलाई प्रतिबन्ध

Author Image
बुधवार, असोज ५, २०७९

युरोपियन फुटबलको सर्वोच्च निकाय (युईएफए)ले सन् २०२४ मा हुने युरोकपको छनोटमा रुसलाई प्रतिबन्ध लगाएको छ । गएको फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि यसअघि विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले रुसलाई प्रतिबन्ध लगाएको थियो ।

रुसले प्रतिबन्धविरुद्ध खेलकुदको न्यायिक निकाय आर्बिट्रेसन फर स्पोट्र्समा अपील गरेको थियो । तर, अपील जुलाईमा खारेज भएको थियो । जर्मनीमा सन् २०२४ मा आयोजना हुने युरो–२०२४ का लागि ‘ड्र’ अक्टोबर ९ मा फ्रान्कफर्टमा हुँदैछ । यससँगै रुसले सन् २०२२ देखि २०२४ सम्म हुने युरोकपको छनोट चरणमा सहभागी हुन पाउने छैन ।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलसँगै क्लबले कुनै आधिकारिक खेल खेल्न पाउने छैन । रुसलाई युरोपियन फुटबल च्याम्पियनशिपको छनोट ‘ड्र’ मा समावेश नगरिएको युईएफएले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 79

प्रतिक्रिया (०)

सम्बन्धित खबर