Aamsanchar

झापा : भुटानी शरणार्थी गुरुङको हत्यामा संलग्न भएको आशंकामा तीनजना पक्राउ

Author Image
बिहिवार, असोज ६, २०७९

मृतक लालबहादुर गुरुङ

दमक – झापा, दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका ४६ वर्षीय लालबहादुर गुरुङको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ ।

घटनामा संलग्न भएको आशंकामा केहीलाई इलाम प्रहरीले पक्राउ गरिसकेको र उनीहरूका बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरीले पक्राउ परेकाको नाम खुलाएको छैन ।

बुधबार अपराह्न खुकुरी प्रहारबाट गुरुङको मृत्यु भएको थियो । झापा र इलामको सीमानजिक पर्ने रतुवाखोलाको पुलमा गुरुङमाथि अज्ञात समूहले खुकुरी प्रहार गरेको थियो । गुरुङको खुट्टा र हातमा गहिरो चोट लागेको थियो ।

त्यसपछि घटनास्थल पुगेका प्रहरीले घाइते गुरुङलाई उद्धार गरी उपचारका लागि लाइफलाइन अस्पताल पुर्याएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएकामा साँझ नै उपचारको क्रममा मृत्यु भएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर