Aamsanchar

झापाबाट स्वतन्त्र पार्टीले सिफारिस गर्यो उमेदवार, प्रारम्भीक निर्वाचनमा २४ जना सहभागी हुने

Author Image
बिहिवार, असोज ६, २०७९

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी झापाले प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ झापाबाट ४ उमेदवारको नाम सिफारिस गरेको छ । पार्टीको जिल्ला समिति बैठकले १, २, ३ र ४ निर्वाचन क्षेत्रका लागि उमेदवारको नाम केन्द्रमा सिफारिस गरेको हो । सो पार्टीले क्षेत्र नम्बर १ का लागि ओमनाथ भण्डारी, २ का लागि रुद्रप्रसाद गिरी, ३ का लागि प्रकाश पाठक र ४ का लागि शम्भुप्रसाद ढकालको नाम सिफारिस गरेको हो ।

क्षेत्र नम्बर ५ को उमेदवार भने सिफारिस हुन बाँकी छ । जिल्ला समितिले सिफारिस गरेपनि सबै उमेदवार पार्टीको प्रारम्भीक निर्वाचन प्रक्रियामा सहभागी हुनेछन् । क्षेत्र नम्बर १ बाट सिफारिस भण्डारी धुलाबारीका युवा व्यवसायी हुन । भण्डारीले झापामा स्वतन्त्र अभियानको अगुवाई समेत गरेका थिए । निर्वाचन क्षेत्र नम्बर २ बाट सिफारिसमा परेका गिरी कृर्षी तथा पर्यावरणविद हुन् । अर्जुनधारालाई कर्मक्षेत्र बनाएका गिरीले अमेरिकामा अध्ययन गरेर चितवन हुँदै गृह जिल्ला झापा आएका हुन् । झापा क्षेत्र नम्बर ३ बाट सिफारिसमा परेका पाठक पुर्वसञ्चारकर्मी हुन् । झापाको पाथिभरा एफएफबाट करियर सुरु गरेका पाठक लामो समय रेडियो कान्तिपुरमा कार्यरत थिए । राजनीतिमा आउनुअघि उनी रबि लामिछानेसंगै ग्यालेक्सी टेलिभिजनमा आबद्द थिए । सामाजिक अभियन्ताको रुपमा छबि बनाएका ढकाल सरकारी सेवाबाट अवकास पाएर सामाजिक अभियानमा लागेका व्यक्ति हुन् । उनी लेखकका रुपमा शम्भु सुस्केराको नामले परिचित छन् ।

रास्वपाको प्रारम्भीक निर्वाचनमा सहभागी हुन झापाबाट प्रत्यक्षमा २४ जनाले नाम दर्ता गराएका थिए । जिल्ला समितिले सिफारिस गरेपनि असोज १० देखि हुने छनोट प्रक्रियामा सबै जना सहभागी हुनुपर्नेछ । प्रारम्भीक निर्वाचनलगत्तै उमेदवारको अन्तिम टुंगो लाग्ने पार्टीका जिल्ला सभापति उमेश खरेलले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फको बन्द सुचीमा झापाबाट ४ जना परेका छन् । उनीहरु प्रारम्भीक निर्वाचनमा सहभागी भएर १ सय १० जनाको सुचीमा परेका हुन् । सुचीमा ईन्दिरा राना मगर, निशा डाँगी, रुपा लावती र मनोज राजवंशी परेका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
4
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 882

प्रतिक्रिया (०)

सम्बन्धित खबर