Aamsanchar

कनकाईका दुई वर्षीय बालकको उपचारमा समस्या, सहयोगको अपिल

Author Image
बिहिवार, असोज ६, २०७९

झापा। आर्थिक अभावका कारण दुई वर्षीय बालकको उपचारमा समस्या देखिएपछि झापाको कनकाई नगरपालिका – ८ निवासी मञ्जुल मुर्मूले उपचारका लागि सहयोगको अपिल गरेका छन् ।

आफ्नो दुई वर्षीय छोरा विशाल मुर्मूको फोक्सोमा पानी जमेको र उपचारका लागि खर्च अभाव भएपछि मुर्मूले सहयोगको अपिल गरेका हुन् ।

१५ दिन अघि मुर्मू छोराको उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पुगेका थिए । तर, त्यहाँ विशालको उपचार सम्भव नभएपछि अस्पतालले विशाललाई थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरेको छ ।

‘मेची अस्पतालले छोरालाई धरान रेफर गरेसंगै उपचारका लागि विशाललाई धरान लगिएको छ तर, औषधि किन्न समेत पैसा नभएपछि चन्दा संकलन गर्नु परेको छ ’ उनका वुवा मञ्जुलले भने – छोराको उपचारका लागि अस्पतालले कम्तीमा पाँच लाख रुपैयाँ खर्च लाग्छ भनेको छ त्यत्रो पैसा कसरी जुटाउने ?

बिरामी छोरालाई श्रीमती गीतासंग धरानमा छाडेर पैसाको जोहो गर्न घर आएका मुर्मूले अहिले दिनहुँ कनकाई नगरपालिका आसपासमा चन्दा संकलन गरिरहेका छन् । संकलित चन्दाले जसोतसो दैनिक प्रयोग गरिने औषधि किन्न पुगेपछि शल्यक्रियाका लागि खर्च अभाव भएपछि छोराको जीवन बचाई दिन उनले सबैसंग आग्रह गरेका हुन् ।

दैनिक ज्याला मजदुरी गरी जीवन निर्वाह गर्दै आएका मुर्मूको आग्रहसंगै स्थानीय युवा अनिल पौडेलले रकम संकलनका लागि अग्रसरता देखाएका छन् । पौडेलले अहिले कनकाई नगरपालिका ८ को वडा कार्यालय सहित स्थानीय दाता, व्यवासी तथा समाजसेवीहरुसंग चन्दा संकलनका लागि सहयोग पु¥याउँदै आएका छन् ।

बालकको फोक्सोमा पानी जमेको र तत्काल शल्यक्रिया गरेर फोक्सोमा पानी नफाल्ने हो भने बालकको अबस्था गम्भीर हुने देखेपछि उपचारमा सहयोग पु¥याउन सहयोग पु¥याएको हुँ पौडेलले भने – ‘मञ्जुलंसंग न मोवाइल छ , न बैंकमा खाता नै खोलेको छ , यस्तो अवस्थामा सहयोग पु¥याउन पनि निक्कै कठिन हुँदो रहेछ । हिजो उनी आफैं विरामी हुँदा जसोतसो चन्दा सहयोग गरेर उनलाई ठीक गरियो तर, अहिले नानी विरामी भएपछि फेरि सहयोग संकलन गर्नु पर्या छ ।’

‘आफ्नो एक्लो प्रयासले मात्रै बालकको जीवन बचाउन कठिन छ ’ पौडेलले भने – ‘मानवीन सेवाका लागि यदि कोही दाता महानुभावले थोरै – थोरै सहयोग गरेर भएपनि विशालको जीवन बचाई दिन म सबैसंग आग्रह गर्छु ।’

मुर्मूको आर्थिक अबस्था ज्यादै कमजोर भएपछि सहयोग उपलब्ध गराई दिन कनकाई नगरपालिका वडा नम्वर ८ ले समेत आग्रह गरेको छ ।

मुर्मूको बैंकमा खाता समेत नभएकाले खाता खोल्ने तयारी भइरहेको र यदि कोही दाता महानुभावले बालकको उपचारमा आर्थिक वा औषधि जन्य सामग्री सहयोग गर्न चाहेको खण्डमा आफूलाई सम्पर्क गरिदिन पौडेलले आग्रह समेत गरेका छन् । उनले आफ्नो मोवाइल नम्वर ९८१८८५२५७६ मा सम्पर्क गरिदिन आग्रह गरेका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 306

प्रतिक्रिया (०)

सम्बन्धित खबर