Aamsanchar

झापामा म्यादी प्रहरीका लागि ६९५८ जनाको दरखास्त

Author Image
शुक्रवार, असोज ७, २०७९

झापा : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि झापामा करिब ७ हजारले म्यादी प्रहरीमा दरखास्त दिएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयले भदौ ३० गतेदेखि असोज ६ गतेसम्म म्यादी प्रहरी दरखास्त दिने समयमा तोकेअनुसार झापामा ६ हजार ९५८ जनाले दरखास्त दिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

आउँदो निर्वाचनका लागि करिब ३ हजार जनाको कोटामा त्यसको दोब्बर बढीले आवेदन दिएको उनले बताए ।

दरखास्त दिनेहरूमा सर्वसाधारणतर्फ महिला १२४७ र पुरुष ३६२६ गरी ४७८३ , विगतका निर्वाचनहरूमा भर्ना भएका म्यादी प्रहरी महिला ६२८ र पुरुष १३९४ गरी २०२२ , पूर्व नेपाली सेना ३५ , पूर्व नेपाल प्रहरी १८ र पूर्व सशस्त्र प्रहरी १० जनाले आवेदन दिएको उनले बताए ।

प्रहरी प्रधान कार्यालयले जिल्लागत रुपमा म्यादी प्रहरीको सङ्ख्या हालसम्म तोकेको छैन । ‘स्थानीय तहको निर्वाचन भन्दा एक सयदेखि दुई सयको सङ्ख्यामा वृद्धि हुन सक्छ, ‘उनले भने  । गत स्थानीय तहको निर्वाचनमा २९०० म्यादी प्रहरीमा भर्ना गरेको थियो । दरखास्त आवेदन बमोजिम असोज ९ देखि १४ गतेसम्म छनोट, असोज २५ गते अन्तिम नामावली प्रकाशन र असोज ३० देखि कार्तिक ८ सम्म तालिम दिने प्रहरीको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 260

प्रतिक्रिया (०)