Aamsanchar

विपद् जोखिम न्यूनीकरणका लागि मेचीनगरमा दुईदिने तालिम सम्न्न

Author Image
शुक्रवार, असोज ७, २०७९

मेचीनगर । विपद् जोखिम न्यूनीकरणको स्थानीयकरणको सम्बन्धी दुई दिने तालिम झापाको मेचीनगरमा शुक्रबार सम्पन्न भएको थियो । तालिमको नगरको सभाहलमा नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले विधिवतरुपमा विहीबार उद्घाटन गर्नुभएाके थियो ।

नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नेतृत्वमा अमेरिकी अन्तर्राष्ट्रिय नियोगको सहयोग अन्तर्गत अन्तर्राष्ट्रिय आप्रवासन संगठन मार्फत नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ नेपालसँगको सहकार्यमा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल लुथरन वल्र्ड फेडेरेशन र प्राक्टिकल एक्सन कन्सल्टेन्टले तालिम आयोजना गरेको हो ।

तालिम विपद् जोखिमहरुबारे बुझाई, विपद् जोखिम सम्बनिध नेपाल सरकारका नीतिहरु र प्राथमिकताहरु, विपद् जोखिम व्यवस्थापन कोष सञ्चालन कार्यविधि,विपद् लेखाजोखा मार्गदर्शन, आपतकालीन कार्यसञ्चालन केन्द्र, पूर्व चेतावनी प्रणाली स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना, विपद् जोखिम न्यूनीकरणलाई विकास प्रक्रियामा मूल प्रवाहीकरण, विपद् पूर्वतयारी र प्रतिकार्य योजना, विपद् जोखिम व्यवस्थापनमा मानविय शिद्धान्तहरु, खुल्ला क्षेत्रहरुको पहिचान र संरक्षण, जोखिमको वित्तिय व्यवस्था र जोखिम हस्तान्तरण स्थानीय तहमा विपद् जोखिम व्यवस्थापन कार्ययोजनाहरुको मार्गचित्र विषयवस्तुमा केन्द्रित रहेको थियो ।

विश्व मानचित्रमा नेपाल भूकम्पमा ११ औँ अति जोखिम, बाढी र पहिरोबाट ३० औँ अति जोखिम, सडक दुघृटनाबाट मृत्युदरको आधारमा ५० औँ अति जोखिम, जलवायु परिवर्तनमा ४ औँ अतिजोखिम नेपाल विह्वमा २० औँ विपद् संकटासन्न राष्ट्रमा पर्ने तालिममा बताइएको थियो । तालिममा नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती , प्रमुख प्रशासकयि अधिकृत राजकपुर चौलागाईँ वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विपद् फोकल पर्सनस, कार्यपालिकामा कार्यरत विभिन्न शाखाका पदाधिकारी र कर्मचारीसहित २५ जना सहभागी थिए ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन स्थानीयकरण निर्देशिका बमोजिमका प्रशिक्षकहरूको सहजिकरणमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन स्थानीयकरण तालिम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । सहभागीहरुलाई कार्यक्रम संयोजक तथा सहजकर्ता मोहन गौतम १ नम्बर प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत हितेश बस्नेतले विविध विषयमा सहजीकरण गर्नुभएको थियो । स्थानीय तहमा विपद् जोखिम सुशासन स्थानीय तहमा विपद् जोखिम व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि गर्न विपद् जोखिम न्यूनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजनामा रणनीतिक गतिविधिहरू उल्लेख गरिएको छ । विपद् जोखिम व्यवस्थापन सम्वद्ध यी रणनीतिलाई स्थानीयकरण गर्नेमध्येको एक प्रमुख साधन, स्थानीय सरकार कार्यसञ्चालन ऐन, २०७४ हो ।

यो ऐनले विपद् जोखिम व्यवस्थापनमा स्थानीय सरकारको मुख्य मुख्य काम र कर्तव्य उल्लेख गरेको छ । यस अलावा नेपाल सरकारले नमुना स्थानीय विपद् जोखिम व्यवस्थापन ऐन, नमुना स्थानीय वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, आपतकालीन कार्य सञ्चालन केन्द्र्रको कार्य सञ्चालन नमुना कार्यविधि र नमुना स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना कार्यविधि तयार पारी पालिकाहरूमा स्थानीयकरण गर्न आवश्यक ऐन, नीति, प्रक्रिया र योजनाहरू तयार पार्न र अनुमोदन गर्न सहयोग गर्दै आएको छ । यी सबै कार्य एकदमै उत्साहजनक भए पनि यसलाई संस्थागत गर्ने कुरा चाहिँ निकै चुनौतीपूर्ण छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 249

प्रतिक्रिया (०)

सम्बन्धित खबर