Aamsanchar

नाइजरमा भारी वर्षाका कारण घर भत्किएर १ सय ७९ जनाको मृत्यु

Author Image
शनिवार, असोज ८, २०७९

नाइजर : नाइजरमा जुन महिनादेखि परेको अविरल वर्षाका कारण हालसम्म कुल १७९ जनाको मृत्यु भएको यहाँको नागरिक सुरक्षा महानिर्देशनालयले शुक्रबार जनाएको छ । माटोले बनाइएका घरहरू वर्षाका कारण भत्किंदा धेरै नागरिकको मृत्यु भएको हो ।

यसै बीच मानवीय कार्य तथा विपद् व्यवस्थापन मन्त्रालयले गत साता जिन्डरस्थित अंगौल जुलुका जनतालाई १८५ बोरा चामल, १८५ बोरा कोदो र १६६ बोरा सिमी लगायतका खाद्यान्न सहयोग उपलब्ध गराएको  जनाएको छ ।

सन् २०२१ मा गर्मीको वर्षाले नाइजरमा ७७ जनाको मृत्यु  भएको थियो भने २,५०,३३१ जना प्रत्यक्ष प्रभावित भएका  थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 349

प्रतिक्रिया (०)

सम्बन्धित खबर