Aamsanchar

दशैँको मुखमा सहारा साकोस चारपाने सेवा केन्द्रबाट २१२ जना शेयर सदस्य लाभान्वित

Author Image
शनिवार, असोज ८, २०७९

चारपाने । देशमै अग्रणी संस्थाको रुपमा परिचित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको चारपाने सेवा केन्द्रले सामाजिक सुरक्षा तथा दशैँ शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
आज ९शनिवार० चारपानेमा एक कार्यक्रम आयोजना गरेर एकल महिला प्रोत्साहन, ज्येष्ठ सदस्य पोषण, ज्येष्ठ नागरिक सदस्य सम्मान, एकल पुरुष सम्मान, अशक्त अपाङ्गता सम्मान र परिवार राहत कार्यक्रम सम्पन्न गरेको हो ।

विगतका वर्ष हरूमा पनि दशैँ अगाडि शेयर सदस्यहरूलाई विभिन्न ८ वटा शीर्षकमा नगद सहित सम्मान गर्दै आएको मा यस वर्ष चारपाने सेवा केन्द्रमा दुई वटा शीर्षकमा सुविधा लिने व्यक्ति नभएकोले ६ वटा शीर्षकमा सहाराले सम्मान तथा दशैँ सुविधा रकम उपलब्ध गराएको, यो कार्यक्रम सहारा साकोस को वार्षिक कार्यक्रम अन्तरगत रहेको सहारा साकोस चारपाने सेवा केन्द्रकी अध्यक्ष कार्यक्रमकी सभाध्यक्ष बविता पराजुलीले बताइन ।

यस वर्ष चारपाने सेवा केन्द्रले १ सय २८ जना एकल महिलालाई जनही ८ हजार, ४७ जना ज्येष्ठ सदस्यलाई जनही ६ हजार, २१ जना ज्येष्ठ नागरिकलाई जनही ८ हजार, ४ जना एकल पुरुषलाई जनही ६ हजार र परिवार राहत अन्तरगत ५ परिवारलाई १–१ लाखका दरले गरी जम्मा १९ लाख ९८ हजार रुपैयाँ वितरण गरेको चारपाने सेवा केन्द्रका प्रमुख जगत कार्कीले जानकारी दिए ।

‘चारपाने सहित साकोस का १० वटा सेवा केन्द्रले आजै एकैसाथ यो कार्यक्रम आयोजना गरेको छ, जसमा संस्थाले यस वर्ष जम्मा १ हजार ५४ जनालाई नगद सहित सम्मान गरेको छ । सम्मानका लागि ९८ लाख ९० हजार रुपैयाँ संस्थाले शेयर सदस्यहरूलाई उपलब्ध गराएको’ सहारा साकोस का उपनिर्देशक दिनेशबहादुर निरौलाले आमसंचारलाई बताए ।

अर्जुनधारा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष गीताराज खड्का ९हरि० को प्रमुख आथित्यता मा भएको कार्यक्रममा सेवा केन्द्रका सदस्यहरू लक्ष्मी आचार्य, गुहेश्वरी कार्की, सुशीला मिश्रलगायतले सम्मानित शेयर सदस्यहरूलाई सम्मान गरेका थिए । कार्यक्रममा सेवा केन्द्र सदस्य किरण पौडेलले स्वागत तथा औचित्यमाथि प्रकाश पारेका थिए भने कार्यक्रमको सञ्चालन सदस्य शिखा खड्का गणेशले गरेकी थिइन

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 621

प्रतिक्रिया (०)

सम्बन्धित खबर