Aamsanchar

आफै समस्या खडा गरेर बिर्तामोडमा फोहोर व्यवस्थापनको नाममा नीतिगत भ्रष्टाचार देखियो : युवा नागरिक समाज

Author Image
शनिवार, असोज ८, २०७९

बिर्तामोड । समाजमा हुने बेथिति विसंगति प्रति खबरदारी गर्न भन्दै बिर्तामोडमा युवा नागरिक समाज झापाले बिर्तामोड नगरपालिकाले फोहोरको उचित व्यवस्थापन गर्न नसकेको र फोहोर व्यवस्थापनलाई आफैं समस्या खडा गराएर  ठुलो समस्या देखाएर नियतबस नीतिगत  भ्रष्टाचार, आर्थिक दुरुपयोग गर्ने निर्णय गरेको आरोप लगाएको छ।

आज पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर युवा नागरिक समाजका अध्यक्ष केशव कुमार भण्डारीले त्यस्तो आरोप  संगै आपत्ती जनाएका हुन । उनले नगरपालिकाले कनकाईमा रहेको एक निजी कम्पनीलाई दुई करोड माथि रकम दिने निर्णय गरेको तर  त्यसमा एमाले बाहेकका वडाध्यक्षहरूले समर्थन सही नगरेको बताए ।

समाजले राजनीति दलबाट भएको विभिन्न गल्ती कमजोरीहरूलाई पनि औलाएको छ । समाजले विज्ञप्ति मार्फत विभिन्न विषयहरूको उठान गरेको छ । विज्ञप्तिमा भनिएको छ । नेपालको राजनीतिक इतिहासमा राजनीति दलहरूले पद र सत्ता प्राप्तिको लागि जस्तो सुकै दासत्व स्वीकार गर्ने परिपाटीका कारण देशको राजनीतिक, भौगोलिक, सांस्कृतिक सभ्यतामा देखा परेको विचलनलाई रोक्न आम नेपाली युवाहरूको प्रमुख दायित्व रहेको यथार्थलाई महसुस गर्दै झापा जिल्ला भरी रहेका आम सचेत युवाहरूलाई संगठित गर्ने र देशको स्वाभिमान, स्वतन्त्रता, भौगोलिक अखण्डता, सामाजिक सद्भावलाई अग्रभागमा राखेर देशको सामाजिक, आर्थिक, धार्मिक, स्वास्थ्य, कृषि, खेलकुद विकासका बेथिती विरुद्ध खबरदारी गर्ने मुख्य उद्देश्यका साथ सुशासनयुक्त समाजको परिकल्पना गर्दै ‘युवा नागरिक समाज झापा’  को स्थापना भएको जनाईएको छ ।

‘युवा नागरिक समाजले झापा’ ले आफ्नो राष्ट्रियताको अभियान लाई अगाडि बढाउने सन्दर्भमा एउटा देशको नागरिक कुन धर्म, जात, पार्टीमा आस्था राख्छ त्यो गौण कुरा हो, तर सहीलाई सही गलतलाई गलत भन्ने अठोटको साथ युवा नागरिक समाज झापाको परिकल्पना गरिएको हो । समाजलाई सही र सकारात्मक दिशा तर्फ नेतृत्व गर्नको लागि असल र इमानदार नेतृत्व आवश्यक हुन्छ, जुन कुनै दल समूह, पार्टी, स्वार्थ भन्दा माथि उठेर समाजमा देखा परेका विकृति विसंगति विरुद्ध लढ्न युवा नागरिक समाज झापा उपस्थित भएको छ ।

बिर्तामोड नगरपालिका प्रति लक्षित रहेको विज्ञप्तिमा भनिएको छ । बिर्तामोड नगरपालिका मा देखिएको फोहोर मैला व्यवस्थापनमा भ्रष्टाचार र अनियमिततालाई प्रोत्साहन हुने गरि गरिएको कार्य प्रति गम्भिर ध्यानाकर्षण गर्दै गलतलाई लगत सहीलाई सही भन्ने उद्देश्यका साथ हामीले आफ्नो अमूल्य मत दिएर जिताएका बिर्तामोड नगरपालिकाले फोहोर मैला व्यवस्थापन सम्बन्धी गरेको निर्णयको विरोध गर्दै, नगरपालिकाका मेयर पवित्रा महतरा प्रसाईंलाई ध्यानआर्कषण पत्र बुझाउदै हाम्रो अभिउान शुरुवात गरेका छौं । हामीले खुलला रुपमा भनेका छौं । बिर्तामोड नगरको फोहोर बिर्तामोडमै व्यवस्थापन हुनु पर्छ । कुनै कारणबस बिर्तामोड नगरको फोहोर मैला व्यवस्थापन गर्न सकिदैन भने नगरको पैषा कुनै अमुख निजी कम्पनीमा लगानी गरि उक्त कम्पनीलाई सरकारी करण गरिनु पर्ने छ अनि मात्र नगरको पैषा लगानी गर्न पाईन्छ भन्ने हाम्रो ठहर रहेको छ ।’

स्वाभिमान, स्वतनत्र भौगोलिक, अखण्डता। राजनीति, सामाजिक, धार्मिक, साहित्य, शैषिक, स्वास्थ्य, कृषि, खेलकुद विकासको क्रममा देखा परेको विकृति विरुद्ध खबरदारी गर्न झापा जिल्लामा भएका १५ वटै पालिकामा पालिका स्तरिय कमिटी गठन गर्ने समेत अध्यक्ष केशव कुमार भण्डारीको हस्ताक्षर रहेको विज्ञप्तिमा उल्लेख छ ।

विभिन्न पार्टीमा सक्रिय रुपमा रहदै आएका व्यीक्तहरु युवा नागरिक समाजमा आवद्ध रहेका छन् । सबै पार्टी भित्र भएका लगत क्रियाकलापको भण्डाफोर गर्न यो समुह डटेर लागि पर्ने र अध्यक्ष केशव भण्डारीको भनाई रहेको छ ।

कार्यक्रममा सल्लाहाकार संयोजक जयनारायण ढुङ्गाना, सल्लाहाकार सदस्यहरु जानुका थापा मगर, प्रकाश सिटौला, वरिष्ठ उपाध्यक्ष डिल्लीराम सुब्बालगायतले बोलेका थिए । कार्यक्रममा सचिव निराजन ओली सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 286

प्रतिक्रिया (०)

सम्बन्धित खबर