Aamsanchar

पाथीभरा महोत्सव रोक्न संर्घष समितिद्वारा ताप्लेजुङ बन्दको आवहान, संघीय लिम्बुवान पार्टीले साथ दिने 

Author Image
शनिवार, असोज ८, २०७९

बिर्तामोड । असोज ९ गते देखि १३ गते सम्म ताप्लेजुङको फुङलिङमा आयोजना हुने पाथीभरा महोत्सव रोक्नको लागि संर्घष समिति गठन भएको छ । संर्घष समितिलाई समर्थन गर्दै संघीय लिम्बुवान पार्टीले पनि चेतावनी सहित महोत्सव  रोक्न अपील गरेको छ ।

लिम्बुवाट पार्टीले विज्ञप्ति नै निकालेर पाथीभरा महोत्सवको बिरोध गरेको हो ।

लिम्बुवानले जारी गरेको विज्ञप्तिमा भनिएको छ । याक्थुङ लाजे (लिम्बुवान) तम्वरखोला थुम ताप्लेजुङमा हुन गइरहेको पाथीभरा महोत्सव प्रति संघीय लिम्बुवान पार्टी नेपालको गम्भिर ध्यानाकर्षण भएको छ । अतह यसबारे हाम्रो पार्टीको धारणा यस प्रेश बिज्ञप्ति मार्फत सबैमा राख्न चाहान्छौं ।

आफ्नो पहिचान, सभ्यता, इतिहास, पुर्ख्यौली भूमि र थातथलोको माया र रक्षा गर्नु प्राकृतिक कुरा हो । जसरी यहुदीहरु लाई जेरुसलेम, हिन्दुहरु लाई रामको जन्मभूमि अयोध्या, बुद्धिष्ट हरुलाई बुद्धको जन्मभूमिको माया हुन्छ । त्यसैगरी आदिकालदेखि ‘मून्धूम’ मानी आएका याक्थुङ (लिम्बु) जातिहरूको लागि मुन्धुमले विशिष्ट रुपमा वर्णन गरेको छ मून्धूमी पहिचान बोकेको स्थान र खोलानालाको माया हुन्छ । पाथीभरा महोत्सवको वहानामा मून्धूमी पहिचान बोकेको ‘मूकुमलूङ मूत्तूकोकमा’ लाई परिवर्तन गर्ने राज्यको औपनिवेशिक, अतिक्रमणकारी एवं षड्यन्त्रकारी रबैयाको घोर विरोध गर्दछ । साथै मून्धूमी पहिचानलाई बचाउन हाम्रो पार्टीको चटनी अडान रहेको स्पष्ट गर्न चाहान्छौं ।

पाथीभरा महोत्सवको सवालमा जिल्ला प्रशासन कार्यालय ताप्लेजुङद्वारा जारी बिज्ञप्ती राज्यको एकल राष्ट्रवादी हिन्दु औपनिवेशिक, विस्तारवादी सोचबाट निर्देशित छ । राज्यको यसखाले सोचले नेपालको बहुलराष्ट्रिय, बहुल सांस्कृतिक र बहुल धार्मिक समाजलाई विखण्डन र अन्तरद्वन्द्वमा लाने निश्चित छ । यो राष्ट्रको लागि दुर्भाग्यको कुरा हो ।

२०७९ असोज ९ देखि १३ गते सम्म संर्घष समितिद्वारा गरिएको ताप्लेजुङ बन्दको कार्यक्रमलाई हाम्रो पार्टीले पूर्ण समर्थन गर्दै यस्तो निन्दनीय, असहिष्णुता सृजना गर्ने ‘पाथिभरा महोत्सव’ रोक्न संयोजकहरूसँग हार्दिक अपील गर्दछ ।

विज्ञप्ति यस्तो छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
1
Views: 728

प्रतिक्रिया (०)

सम्बन्धित खबर