Aamsanchar

नवरात्रिमा यि देवीहरूको दैनिक पूजा अर्चना हुन्छ, आज ‘शैलपुत्री’ स्वरूपको पूजा 

Author Image
सोमवार, असोज १०, २०७९

नवरात्रीको पहिलो दिन आज सोमवार नवदुर्गा भवानीको ‘शैलपुत्री’ स्वरूपको पूजा आराधना गरेर मनाइँदै छ । शैल भन्नाले हिमाल र पुत्री भन्नाले छोरी बुझिन्छ । हिमालयकी छोरी (पार्वती) भएकीले शैल पुत्री भनिएको हो ।

दुर्गा भवानीका नौ स्वरूपमध्ये शैलपुत्री पनि एक हुन् । दाहिने हातमा त्रिशूल र बायाँ हातमा कमलको फूल लिएर बसाहाको सवारी गर्ने शैलपुत्री स्वरूपा देवीको ज्वाजल्यमान स्वरूपको ध्यान मात्र गर्नाले पनि सङ्कट टर्ने विश्वास गरिन्छ ।

मार्कण्डेय पुराणको अनुसार नवदुर्गाका रूपहरूमा शैलपुत्रीलाई पहिलो मानिन्छ । शैलपुत्री देवीको पूजामा सेतो कपडा र सेतै फूल चढाउनु पर्ने उल्लेख छ । साथै, कन्दमूल वा ऋतु फल चढाउनु भनिएको छ ।

नवरात्रको अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्ड, पाँचौँ दिन स्कन्द माता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धि दात्रीको पूजा आराधना गरिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 377

प्रतिक्रिया (०)

सम्बन्धित खबर