Aamsanchar

‘ब्याकमेलिङ’ सहन नसकेर युवतीले गरिन् शिक्षकको हत्या

Author Image
सोमवार, असोज १०, २०७९

ओखलढुंगा – शिक्षक हत्याको आरोपमा २२ वर्षीया युवती पक्राउ परेकी छन्। प्रहरीले सिद्धिचरण नगरपालिका–८ स्थित सल्लेरीकी २२ वर्षीया छलमाया धमलालाई पक्राउ गरेको हो। उनीमाथि सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिका–५ घर हाल चिसंखुगढी गाउँपालिका ४ लेखर्कस्थित कालिका आधारभूत विद्यालय शिक्षक ३३ वर्षीय दिपककुमार ठाकुरको हत्या गरेको आरोप लागेको छ। ठाकुर असोज ७ गते आफ्नै कोठामा सुतिरहेको अवस्थामा मृत फेला परेका थिए।  शिक्षकको कोठामा शव भएको स्थानीयले बताएपछि प्रहरी घटनास्थल पुगेको हो। घटनास्थल प्रकृतिका आधारमा हत्या भएको अनुमान गरेर प्रहरीले अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा घटनामा महिलाको संलग्नता पुष्टि हुने आधार भेटेपछि शनिबार साँझ आरोपित महिलालाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सुकदेव खनालले जानकारी दिए। उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको उनले बताए।

ठाकुरको टाउको तथा शरीरका अन्य भागमा कुटपीट गरी नाक, मुख र घाँटीमा गम्छाले बाँधी, मुखमा सिरानीले थिचेर हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ। पक्राउ परेकी महिलाले समेत घटना आफैँले घटाएको प्रहरी समक्ष स्वीकार गरेकी छन्। घटनाबारे प्रहरीले भने प्रारम्भिक अनुसन्धान भइरहेको भन्दै यसबारे थप बताएको छैन। तर तारन्तारको ब्याकमेलिङ सहन नसकेर हत्या गरेको आरोपित युवतीको स्वीकारोक्ति छ।

यसरी भयो हत्याठाकुर यस अघि सिद्धिचरण ८ सल्लेरीको एक विद्यालयमा शिक्षक थिए, आरोपित विद्यार्थी। उनी सरुवा भएर अन्यत्र जाँदा पनि ति युवतीलाई बारम्बार फोन गर्ने गरेको पाइएको छ। यही क्रममा ति युवतीसँग ठाकुरको हिमचिम बढेर भेटघाट हुने गरेको स्थानीय बताउँछन्। युवतीका घर परिवारसँग समेत परिचित ठाकुरले युवतीलाई भेट्न दबाब दिन्थे। बारम्बार उनीसँग अश्लिल म्यासेज गर्ने, कुराकानी गर्ने, परिवारका सदस्यलाई समेत निरन्तर अश्लिल सन्देश लेखेर पठाएर मानसिक तनाव दिने गरेको आरोपित युवतीको भनाइ छ। यही कारण उनीहरुको बीच विवाद बढेको र अन्तमा घटना हत्यासम्म पुगेको अनुमान छ।

बारम्बार अश्लिल म्यासेजले हैरान भएपछि ती युवतीले ठाकुरका परिवारलाई समेत उनको गतिविधिबारे जानकारी गराएकी थिइन्। अश्लिल बोलि र म्यासेजले आजित उनले हत्याको योजना बनाएर ठाकुर बस्ने घर नजिक चिशंखुगढीको खस्रे पुग्छिन्।

उनले ठाकूरलाई आफू भेट्न आएको जानकारी गराए पनि भोलिपल्ट उज्यालो भएपछि मात्रै भेट गर्छिन्। उनीहरुबीच ठाकुरको कोठामा भेटघाट तथा कुराकानी हुन्छ। ठाकुरले अश्लिल गतिविधि गर्न थालेपछि उनले टाउको झ्यालमा ठोक्काइ गुप्ताङमा समेत प्रहार गरेर गम्भीर घाइते बनाएपछि सलले मुख तथा घाँटी बाँधेर हत्या गर्छिन् र त्यहाँबाट घर आउँछिन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
4
+1
0
+1
1
+1
0
+1
1
+1
2
+1
0
Views: 695

प्रतिक्रिया (०)

सम्बन्धित खबर