Aamsanchar

लक्ष्मीपुरमा सञ्चालमा आयो इलेक्ट्रिकल्स र लाइट मात्र पाइने सोरुम

Author Image
बुधवार, असोज १२, २०७९

लक्ष्मीपुर । झापा कनकाई नगरपालिका ८ स्थित लक्ष्मीपुरमा कलश इलेक्ट्रिकल्स एण्ड लाइट हाउस आज (बुधबार) बाट सञ्चालनमा आएको छ ।

स्थानीय व्यवसायीहरू चन्द्र निरौला, नेत्र नेपाल र खगेन्द्र प्रसाईँको संयुक्त लगानीमा लाइट हाउस सञ्चालनमा आएको हो । १ करोड को लगानीमा सञ्चालनमा ल्याइएको लाइट हाउसमा २० प्रकारका झुमर, ३० प्रकारका वाल र २० प्रकारका गेट लाइटहरू उपलब्ध रहेको सञ्चालक चन्द्र निरौलाले बताए । १० हजार देखि माथि ४० हजार सम्म पर्ने झुमर सोरुममै उपलब्ध रहेको र सो रकम भन्दा माथिको झुमर हरू अडर अनुसार उपलब्ध गराउने उनले बताए ।

आधुनिक र ब्रान्डेड कम्पनीका लाइटहरू उपलब्ध रहेको घर, भवनमा प्रयोग हुने करिव दुई सय प्रकारका इलेक्ट्रिकल र लाइट हरूको भेराइटी उपलब्ध रहेको अर्का सञ्चालक खगेन्द्र प्रसाईँले बताए ।

क्रमश बजार बिस्तार हुँदै गरेको लक्ष्मीपुरमा रङ्ग, मार्बल लगायतका सामानहरूको छुट्टै सोरुमहरू सञ्चालनमा आइसकेको र इलेक्ट्रिकल तथा लाइटको ठुलो सो रुम लक्ष्मीपुरमा नहुदाँ उपभोक्ताहरूले अन्यत्र जानु पर्ने झन्झट बेहोर्दै आएका थिए अब बाट त्यो झन्झटबाट सेवाग्राही हरू मुक्त हुने र थोक तथा खुद्रा मूल्यमा सामानहरू उपलब्ध गराउने अर्का सञ्चालक नेत्र नेपालले आमसंचारलाई बताए ।

लाइटहरू मात्र एकै छानाका उपलब्ध हुने लक्ष्मीपुरकै ठुलो पहिलो लाइट सोरुम सञ्चालनमा आएकोमा आफू अत्यन्तै खुसी भएको सामान खरिद गर्न आएका स्थानीय डिल्लीराम उप्रेतीले बताए ।

कलश इलेक्ट्रिकल एण्ड लाइट हाउसको समाजसेवी जलकुमार गुरुङ, कनकाई ८ का वडाध्यक्ष लिलाबहादुर कटुवाल र सञ्चालक चन्द्र निरौलाका पिता प्रेमबहादुर निरौलाले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।  कार्यक्रममा ख्याति प्राप्त हेयर स्टाइलिस्ट, प्रशिक्षक नील डेविड कटवालको पनि उपस्थिति रहेको थियो ।

लक्ष्मीपुरमा सञ्चालनमा आएको लाइट हाउसमा स्थानीय ३ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
10
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर