Aamsanchar

पूर्वाञ्चल इन्भेष्टमेन्टमा नयाँ समिति, अध्यक्षमा पुन: सिटौला 

Author Image
शनिवार, असोज १५, २०७९

चारपाने । झापाको बिर्तामोड २ चारपानेमा रहेको पूर्वाञ्चल इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट प्रा.लि.को १५ औं वार्षिक साधारण तथा छैटौँ अधिवेशन सम्पन्न भएको छ ।

आज चारपाने स्थित सामुदायिक भवनमा सम्पन्न अधिवेशनबाट प्रा.लि.को अध्यक्षमा पुन डिल्ली राम सिटौला निर्वाचित भएका छन् । नयाँ कार्यसमिति सदस्यहरूमा नारायण प्रसाद काफ्ले, डम्बर बहादुर देउजा, नरहरि न्यौपाने, रामकुमार बुढाथोकी, केशव प्रसाद ओझा र रूपक दाहाल सर्वसम्मत निर्वाचित भएका छन् ।

त्यसैगरी लेखा समिति संयोजकमा ज्ञानुनाथ मैनाली, सदस्यमा भीमबहादुर गिरी र बासु त्रिताल निर्वाचित भएका निर्वाचन संयोजक युवाराज दाहालले जानकारी दिए । निर्वाचन समिति सदस्यमा राम सिटौला र ज्ञानु पौडेल रहेका थिए ।

नव निर्वाचित अध्यक्ष सदस्यहरूलाई संस्थाका संरक्षक मुकुन्दराज ढुङ्गानाले सफत खुवाएका थिए ।

कार्यक्रममा ज्येष्ठ शेयर सदस्य तिलक गिरीलाई सम्मान गरिएको छ ।

सम्मानित तिलक बहादुर गिरी ।

शेयर बजारमा लगानी गर्ने उद्देश्यले २०६६ सालमा स्थापना भएको प्रा.लि मा हाल ५० जना शेयर सदस्यहरू रहेका छन् । कम्पनीको अधिकृत पुँजी ५ करोड, जारी पूँजी ५ करोड र २ करोड ३९ लाख ३५ हजार चुक्ता पुँजी रहेको छ ।

अध्यक्ष सिटौला ।

कम्पनीका अध्यक्ष डिल्लीराम सिटौलाको अध्यक्षता र झापाका सहायक प्रमुख जिल्ला  अधिकारी रुद्र प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रमुख अतिथि न्यौपाने र विशिष्ट अतिथि बिर्तामोड नगरपालिका –२ का वडाध्यक्ष किशोर पौडेलले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्वागत केशव प्रसाद ओझा, लेखा प्रतिवेदन रूपक दाहाल र सञ्चालन नरहरि न्यौपानेले गरेका थिए ।    

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 277

प्रतिक्रिया (०)

सम्बन्धित खबर