Aamsanchar

बिर्तामोड १ मा घर, ३ मा डेरा, २१ बर्षिय युवाको साथबाट लागूऔषध फेला

Author Image
सोमवार, असोज १७, २०७९

झापा ।  झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १ घर भई बिर्तामोड–३ पशुपति टोलमा डेरागरी बस्ने एक जनालाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी बिर्ताबजारको प्रहरी टोलीले शंका लागेर कोठामा चेकजाँच गर्दा डेरा गरी बस्ने २१ बर्षिय राहुल राजबंशीलाई प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका हुन ।

राजबंशीको कोठामा शंका लागेर चेकजाँच गर्दा प्रतिबन्धित लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ १० ग्राम फेला परेकोले उक्त लागुऔषधसहित नियन्त्रणमा लिइएको थियो ।

राजवंशीलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 353

प्रतिक्रिया (०)

सम्बन्धित खबर