Aamsanchar

फिफा विश्वकपको गीत ‘लाइट द स्काई’ मा भारतीय अभिनेत्री नोरा फतेही

Author Image
शनिवार, असोज २२, २०७९

फिफा विश्वकप अर्को महिनादेखि सुरु हुँदैछ । कतारमा हुन लागेको विश्वकपमा भारतीय अभिनेत्री नोरा फतेहीले प्रस्तुति दिनेछिन् ।

नोरा फिफामा भारतको प्रतिनिधित्व गर्ने बलिउड अभिनेत्री हुन । अभिनेत्रीले कुन गीतमा प्रस्तुति दिने भन्ने खुलासा गरेकी छन् ।

अभिनेत्रीले फिफाका लागि आफ्नो गान ‘लाइट द स्काई’ को भिडियो सेयर गरेकी छिन् । उनी यस गीतमा नाच्दै मात्र नभई गीत गाउँदै पनि देखिएकी छिन् ।

फिफाले यसको भिडियो आफ्नो युट्युब च्यानल र ट्विटरमा सेयर गरेको छ । नोरा फतेहीले सामाजिक सञ्जालमा भिडियो पनि सेयर गरेकी छिन् ।

शकिरा र जेनिफर लोपेज पछि नोरा फतेही फिफा विश्वकपको राष्ट्रिय गीतमा प्रस्तुति दिने भएकी छिन् । नोरा विश्वमा भारत विशेषगरी दक्षिण पूर्व एसियाको प्रतिनिधित्व गर्ने पहिलो बलिउड अभिनेत्री बनेकी छिन् ।

नोराले नाच्ने गीतलाई रेडवनले कम्पोज गरेको हो । नोराले फिफाको उद्घाटन समारोह र समापन समारोहमा पनि प्रस्तुति दिनेछिन् ।
समापन समारोहमा उनी हिन्दी गीतमा नाच्दै देखिनेछिन् । शकिराले सन् २०१० मा ‘वाका–वाका मा पर्फम गरेकी थिइन् ।

यो गीत अहिले सम्म युवाहरुमाझ हिट छ । २०१४ मा, जेनिफर लोपेज ब्राजिलमा र्‍यापर पिटबुलसँग फिफा विश्व कपको गीत ‘वी आर वन’ मा देखा परेका थिए ।

https://www.youtube.com/fifa

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Views: 221

प्रतिक्रिया (०)

सम्बन्धित खबर