Aamsanchar

डुङ्गा दुर्घटना हुँदा कम्तीमा ७६ जनाको मृत्यु

Author Image
सोमवार, असोज २४, २०७९

काठमाडौं : नाइजेरियाको दक्षिणपूर्वी राज्य अनाम्ब्रामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा ७६ जनाको मृत्यु भएको छ। कम्तिमा ८० जना सवार उक्त डुङ्गा अनम्ब्रा राज्यको ओगबारु क्षेत्रमा पल्टिएको थियो। मृतकमध्ये अधिकांश महिला र बालबालिका छन्। उनीहरु आफ्नो समुदाय बाढीको पानीले डुबानमा परेपछि सुरक्षित स्थानमा पुग्ने प्रयास गरिरहेका थिए।

राष्ट्रपति मुहम्मदु बुहारीले दुःखद दुर्घटनामा पीडितका परिवारप्रति समवेदना प्रकट गरेका छन् उनले देशको जल यातायात प्रणालीमा सुरक्षा उपायहरूको समीक्षा गर्न पनि आदेश दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्। डुङ्गा इन्जिन फेल भएको र पल्टिनु अघि एउटा पुलमा ठोक्किएको अधिकारीहरुले बताएका छन्।

Views: 246

प्रतिक्रिया (०)

सम्बन्धित खबर