Aamsanchar

झापा क्षेत्र नं. २ मा बागी उम्मेदवार भट्टराईसहित ५ जना लाई काँग्रेसद्वारा कार्वाही सिफारिस

Author Image
बुधवार, असोज २६, २०७९

बिर्तामोड । नेपाली कांग्रेसको नीति विपरित गतिविधि गर्ने पार्टीका क्षेत्रीय प्रतिनिधि विर्तामोडका कुमार भट्टराईसहित पाँचजनालाई नेपाली कांग्रेसले कारबाही गरेको छ ।

नेपाली कांग्रेस बिर्तामोड नगर समिति र क्षेत्र नं–२ प्रदेश क समितिले पार्टी नीति विपरित गठबन्धनका साझा उम्मेद्वार विरुद्ध उम्मेद्वारी दिने भट्टराई र उनका समर्थक रामप्रसाद मैनालीलाई कारबाही गर्न जिल्ला कार्य समितिलाई सिफारिस गरेको हो ।

त्यसैगरी प्रदेश क मै प्रदेशसभा सदस्यमा उम्मेद्वारी दिने क्रियाशिल सदस्यहरु राजु प्रसाई र उनका समर्थक पर्शुराम भट्टराई एवं कमल सिटौलालाई साधारण सदस्यता समेत नरहने गरी पार्टीबाट निष्काशन गर्न नगर र प्रदेश समितिको संयुक्त बैठकले जिल्लामा सिफारिस गर्ने निर्णय गरेको हो ।

निर्वाचनको संघारमा पार्टी र गठबन्धन दलका उम्मेद्वारका विरुद्ध अभिब्यक्ति दिने, सामाजिक सञ्जालको दुरुपयोग गर्ने, संगठनको हित विपरित गतिविधिमा संलग्नहरुको अभिलेख राखेर कडा कारबाही गर्न बैठकले जिल्ला समितिलाई अनुरोध गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
Views: 303

प्रतिक्रिया (०)

सम्बन्धित खबर