Aamsanchar

नेपालले गर्याे युक्रेनको पक्षमा मतदान

Author Image
बिहिवार, असोज २७, २०७९

काठमाण्डाै – संयुक्त राष्ट्र सङ्घको साधारणसभामा १ सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको आक्रमणको निन्दा र भर्त्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन् । नेपालले पनि यो प्रस्तावको पक्षमा मतदान गरेको छ । हिजो भएको मतदानमा १ सय ४३ देशले पक्षमा र पाँच वटा देशले विपक्षमा मतदान गरेका छन् ।

यसैगरी ३५ देश मतदानको समयमा अनुपस्थित रहेका थिए । यो प्रस्तावमा भनिएको छ,– ‘रुसले गरेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमाभित्र तथाकथित रुपमा गरिएको जनमत सङ्ग्रहको निन्दा गर्दछौँ । साथै संयुक्त राष्ट्र सङ्घको सदस्य राष्ट्र र सङ्गठनले युक्रेनको सीमा परिवर्तनलाई मान्यता दिनेछैन ।’ यो प्रस्तावमा रुसले गरेको कुनै पनि विलयलाई मान्यता नदिन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरिएको छ र तत्काल ती भूभागहरु फिर्ता गर्न माग गरिएको छ। यस्तै, प्रस्तावमा जारी द्वन्द्व वार्ताको माध्यमबाट समाधान गर्ने प्रयासलाई दृढ समर्थन गर्ने रहने उल्लेख छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 229

प्रतिक्रिया (०)

सम्बन्धित खबर